Author: Editor

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन्। राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहका नेपालीमा सुस्वास्थ्य, दीर्घायु एवं मर्यादित जीवनयापनका लागि शुभकामना व्यक्त गर्दै उनले माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका हुन्। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका छन्। विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु…

Read More

चितवन । चितवनको मुग्लिन बजारमा आजदेखि सुन्तला महोत्सव आयोजना हुँदैछ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना एकाइको संयुक्त आयोजनामा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुन लागेको हो । महोत्सव पुस १५ गतेसम्म चल्ने छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी कक्ष रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने आयोजकको…

Read More

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको हो । विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ । ज्येष्ठ नागरिक दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव लगायतले शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज…

Read More

काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला रु धेरैलाई जिज्ञासा रहेको हुनसक्छ । यद्यपि, नेपालमा यसअघि पटकपटक निर्वाचन भएकाले आचारसंहिता कुनकुन क्षेत्रमा लाग्छ भन्ने सामान्यता थाहा हुन्छ नै । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिताअनुसार नेपाल सरकारका मन्त्रीलाई पूर्ण रूपमा आचारसंहिता लाग्छ । यसैगरी, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र त्यसका पदाधिकारी, सङ्घीय सरकार र प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्छ । स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेबीच अढाई घण्टा लामो वार्ता भएको छ । वार्ता सकेर अहिले रास्वपा सभापति लामिछाने बाहिरिएका छन् । बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीसमेत गरेका थिए । वार्ताको परिणामबारे सञ्चारकर्मीहरुले राखेको चासोमा सभापति लामिछानेले परिणामका लागि केही समय कुर्नुपर्ने जवाफ दिए । उनले सञ्चारकर्मीहरुसँग प्रश्नको सिधा जवाफ नदिई प्रतिप्रश्न गरेका थिए । उनले वार्ताको परिणामबारे सोधिएको प्रश्नमा भने, ‘मेरो अनुहारले के बताउँछ ? ’ ‘अब जनताले चाहेको परिणाम आउँछ त ? ’ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनले त्यसका लागि पनि अलिकता समय प्रतिक्षा गर्नुपर्ने बताएका…

Read More

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि काठमाडौंका मेयर बालेन शाहलाई भेटेका छन् । संसदीय राजनीतिमा आउनेगरि बालेनले हिजोबाट एका–एक सक्रियता बढाएपछि बाबुरामले पनि आज बालनेसँग कुपण्डोलमा रहेको वैकल्पिक शक्तिहरुको लागि इपिसेन्टर बनेको कुमार बेनको घरमा पुगेर भेट गरेका हुन् । मिडियाकर्मीहरुबाट घेरिएका बाबुरामले नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्ने कुरा राखेको प्रतिक्रिया दिए । उनले भने,‘मैले विगत लामो समयदेखि भन्दै आएको कुरा नयाँ र वैकल्पिक शक्ति बनाएर जानुपर्छ भन्ने कुरा मैले भन्दै आएकै कुरा हो, मैले बालेनजीसँग त्यही कुरा राखेँ, नयाँ र वैकल्पिक शक्ति बनाउन तपाईंले समन्वय गर्नुस् भनेको छु ।’ बाबुरामसँगको भेटअघि बालेनले…

Read More

वीरगंज। वीरगंज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो । जबकी गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगंज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा २० अर्ब ७६ करोड रुपैयाँ मूल्य…

Read More

रुपन्देही । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी नभएको कारण माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ। सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत मिर्गौलाका बिरामीहरूको डायलाइसिसमा एक पटक २ हजार ५ सय रुपैयाँ र मुटुका बिरामीहरूको क्याथल्याब उपचारमा १ लाख रुपैयाँ निःशुल्क उपचारका लागि सूचिकृत अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि यस कार्यक्रममा सूचिकृत भई मिर्गौलाका बिरामीहरूको डायलाइसिस र मुटुका बिरामीहरूको उपचार गर्दै आएको थियो। अस्पतालका अनुसार यस वर्ष मात्रै १,३८४ जना मुटुका बिरामी र ५५१…

Read More

जापान । जापानका स्थानीय सरकारहरूमा विदेशीहरूसँग सम्बन्धित बिषयहरूको बारेमा गुनासोको बाढी आउन थालेको छ । ६७ स्थानीय निकायहरूमा गरिएको मैनिची शिम्बुनको एक सर्वेक्षणले ४०% वा ६५ निकायहरूको उत्तर दिनेमा २६ निकायहरूले गुनासो, विरोध र विचारहरूको बाढीको अनुभव गरेको पत्ता लगाएको छ । सर्वेक्षणले विशेष रूपमा सोधेको थियो कि गुनासो र अन्य विचारहरू बारम्बार हुने घटनाहरू थिए कि थिएन, तिनीहरूलाई केले प्रेरित गर्यो र सेप्टेम्बर २०२५ को अन्त्यसम्मको एक वर्षको अवधिमा ती घटनाहरूको संख्या कति थियो। ६५ स्थानीय सरकारहरूले उत्तर दिएका थिए, जसमा टोक्यो महानगर सरकार र नारा प्रान्तीय सरकार समावेश थिएनन्, र उत्तर दिने दर ९७% थियो। २६ स्थानीय निकायहरूमा…

Read More

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । हिजोबाट सुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि हिजोको बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपर्ने माग उठेको थियो। बैठकमा बोल्ने अधिकांश सदस्यहरूले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको पार्टी प्रवक्ता महतले बताए । बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेका थिए । थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । थापाको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ ।

Read More