Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । आज संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक आज ९बिहीबार० बिहान ११ बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन् । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यूची राखिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले निजीकरण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ । आजको बैठकमा पनि शून्य समयमा…

Read More

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ । क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको…

Read More

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले विद्यालय शिक्षा परीक्षा ९एसईई० अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् । सामाजिक संजालबाट बुधबार विज्ञप्ति जारी गर्दै उनले परीक्षा अवधिभर आफूलाई सम्पर्क नगर्न समेत भनेका छन् । उनले भनेका छन्, ‘मलाई धेरै महोत्सव तथा इभेन्टबाट कार्यक्रमको लागि कल आइरहेको छ । यदि मैले कार्यक्रम गर्दै हिँडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ । ध्यान भंग गर्छ अनि भविष्यमा असर पर्न सक्छ । यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै कार्यक्रम नगर्ने घोषणा गर्दछु ।’ उनले परिक्षा र मिहेनतमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘मलाई फेरि कमब्याक गराउने,…

Read More

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा ( एसइई )  आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा(१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ ।परीक्षाका लागि २०७९ परीक्षा केन्द्र तोकिएको छ । १५० जनासम्म…

Read More

भक्तपुर । बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको अन्तिम तयारी पूरा भएकाले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भोलि चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै भने, ‘परीक्षाको सम्पूर्ण तयारी पूरा गरेका छौँ, सबै जिल्लाबाट परीक्षाको तयारी पूरा भएको र कुनै पनि केन्द्रमा कुनै समस्या नभएको जानकारी आएको छ…

Read More

काठमाडौँ । राष्ट्रिय सभाबाट बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा उत्पत्ति भएको बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० पारित गरेको हो । राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक प्रस्तुत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले ‘सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद…

Read More

काठमाडौँ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आगामी योजना छनोट गर्दा प्राथमिकताको आधारमा मात्रै गरिने बताएका छन् । आज सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६९औँ बैठकमा बोल्दै उनले भने, “सरकार परिवर्तन भइरहन्छ । जुन मन्त्री आउँछन् आफ्नै क्षेत्रमा मात्रै योजना पार्न चाहन्छन् । पहुँचको आधारमा योजना बनाउने होइन, अब प्राथमिकता हेरेर मात्रै योजना छनोट गरिन्छ ।” छलफलको क्रममा उनले वागमती, धोवीखोला, बिष्णुमतीलगायतका उपत्यकाका नदी प्रदुषणले नदीको सौन्दर्यता बिगारेकाले नदी सुधार आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने बताए । छलफलमा मन्त्रालयका निमित्त सचिव पदमकुमार मैनालीले मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म ८३ हजार ५२० लाभग्राहीको…

Read More

काठमाडौं। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ सुरु हुने अवस्था रहेको बताएका छन् । आज ( बुधबार )  राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले विगतमा पनि कहिल्यै लोडसेडिङ अन्त्य नभएको, अहिले पनि लोडसेडिङ बाँकी नै रहेको बताए । नेपाल सरकारको १०० प्रतिशत लगानी हुँदा पनि प्राधिकरणले अहिलेसम्म ७ सय मेगावाट मात्रै विद्युत उत्पादन गरेको, २८ सय मेगावाटमा निजी क्षेत्रको योगदान रहेको र ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनले बताए । ‘हामीसँग अहिले ३५ सय मेगावाट विद्युत छ । विद्युत प्राधिकरण जो सरकारको १०० प्रतिशत लगानी छ । त्यसले ७ सय मेगावाट मात्रै उत्पादन गरेको…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली ठेकेदारहरुले हिन्दु धर्म जोगाउन नसक्ने बताएका छन् । आज ( बुधबार )  कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले वैद्धिक सनातन हिन्दुहरुको आस्थामाथि चोट पुग्छ कि भनेर ठूलो जमात डराइरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलक्षित गर्दै नक्कली ठेकेदारहरुले हिन्दु धर्मको रक्षा गर्न नसक्ने बताए । ‘नेपालको सन्दर्भमा पछिल्लो समय धर्म परिवर्तनको कुरा जबरजस्ती, जताततै देखिइँरहेको छ । यसलाई हामीले रोक्नु पनि पर्ने छ । यहाँभित्र वैदिक सनातन धर्मको ठूलो परिवार छ । कतै मेरो, धर्म, आस्थामाथि चोट पुग्छ कि भनेर डराएका जमातसँग संवाद गर्नुपर्छ ।…

Read More

काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार धेरै नटिक्ने बताएका छन् । आज ( बुधबार )  बाराको सिमरामा अयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको जन्म नै अप्राकृतिक ढंगले भएको, यसले देश र जनताको हितमा काम गर्न नसक्ने र धेरै लामो पनि नटिक्ने बताएका हुन् । आफू पछिल्लो पटक प्रधानमन्त्रीको हैसियत रहँदा भ्रष्टाचारको विरुद्ध एउटा अभियान छेडेकै उनले बताए । उक्त भ्रष्टाचारविरुद्धको अभियान नेपालको इतिहासमा पहिलो ठूलो अभियान रहेको प्रचण्डको दाबी छ । सो अभियानमा राजनीतिक दलका नेता, कर्मचारीतन्त्रका ठूल्ठूला हाकिमहरु, भूमाफियाहरुलगायत सबैलाई छानविनको दायरामा ल्याइएको उनले…

Read More