Author: Editor
काठमाण्डौं । गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सदभाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन मन्त्रालयले सर्कुलर जारी गरेको हो। मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैरकानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरू गर्न भनिएको छ। यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सदभाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवाला सहितको समन्वय बैठक गर्न…
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रीकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रीकेट संघ क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ९क्यान०ले आइसिसी टी–२० विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा मंगलबार क्यानले टोलीको घोषणा गरेको हो। विश्वकप स्क्वाडको उप कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन्। अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करन केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम समेटिएका छन्। नेपाल प्रीमियर लिग एनपीएलको दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल पहिलोपटक…
वीरगञ्ज । सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यू’ पनि आज ३ः३० बजेदेखि हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगञ्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्रू हटाउने निर्णय भएको जानकारी दिए। ‘यहाँका दुई समुदायबीच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेका हौँ,’ उनले भने, ‘अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ।’ सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नुअघि प्रमुख…
बिराटनगर । कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । नयाँ आठ जना मन्त्रीहरूले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस्तै दुई राज्यमन्त्रीहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, उर्जा, खानेपानी तथा सिंचाई मन्त्री तिलचन पाठक, उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रीमा भीम पराजुली, आन्तरिकमामिला तथा कानुनमन्त्रीमा इन्द्रमणि पराजुली रहेका छन् । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा बिदुर सुब्बा लिन्थेप, सामाजिक विकास मन्त्रीमा रामप्रसाद महतो, स्वास्थ्य मन्त्रीमा मानबहादुर…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेश प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको छ। त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गरिन्। साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न आग्रह पनि गरिन् । ‘मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्न सक्नुहुनेछ भन्ने मलाई विश्वास…
काठमाडौँ । कुखुराको अण्डाको मूल्य घटेको छ । मंगलबारदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघले अण्डा प्रतिक्रेट ९० रुपैयाँले घटाएको हो। ठूलो अण्डा ५६५ प्रतिक्रेट रहेकोमा मल्युघटेसंगै ४७५ रुपैयाँ कायम भएको छ। यस्तै मध्यम अण्डाको प्रतिक्रेट ४६० निर्धारण गरिएको संघले जनाएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार ठूला फार्म बाट दररेट लिएर समर्थन मूल्य तोकिएको हो । यससँगै उपभोक्ता मूल्य प्रतिगोटा २५ बाट २० रुपैयाँमा झारिएको छ। बढ्दो जाडोसँगै उपत्यका र हिमाली भेगमा विद्यालय बन्द र गतिविधि कम भएको, पर्यटकको आगमन घट्दै गएको, अण्डाको मूल्य राम्रो पाइने आशामा कुखुरा बिक्री नगरी अण्डा उत्पादन गरिरहेकालगायत कारणले मूल्य घटेको हो । पहिलेको तुलनामा…
वीरगञ्ज । धार्मिक सद्भाव भड्किन नदिन वीरगञ्जमा जारी कर्फ्यू समय थप गरिएको छ । पर्साका सीडीओ भोला दाहालले थप आदेशमार्फत् साँझ ६ बजेसम्मका लागि कर्फ्यू समय बढाइएको हो । धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा सुरक्षा चुनौती बढेको छ । मुस्लिम र हिन्दू समुदाय एक(अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा हुने चुनावी घोषणापत्र आफै लेख्ने भएका छन्।आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले बताए। कमिटीमा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको उनले बताए। नेकपा एमालेले आफ्ना नेताहरूको कार्य विभाजन गरेको छ। आज बसेको सचिवालय बैठकले निर्वाचन केन्द्रित कार्य विभाजनलाई स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले देशभरका भूगोलको जिम्मेवारी बाँडफाँट गरेको हो। सचिवालय बैठकले कोशी प्रदेशको संयोजकमा शेरधन राई, मधेश लीलानाथ श्रेष्ठ, बागमती महेश बस्नेत, राजधानी डा. राजन भट्टराई,…
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस २१ गतेसम्म सेवाग्राही संस्था, महान्यायाधिवक्ताको कार्यालयबाट गरी हालसम्म जलेका मुद्दाहरुमध्ये १० हजार ३४० मुद्दाका मिसिल तयार पारिएको छ । सर्वोच्च अदालतले जलेका मुद्दाका मिसिलहरु महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र सम्बन्धित मुद्दाका पक्षहरुसँग उपलब्ध गराउन आग्रह गरेको थियो । सोही अनुसार मुद्दाका मिसिलहरु सङ््कलन गर्ने काम…
काठमाण्डौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ। आज आइपुगेको ट्रफी राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका थिए। त्यसपछि नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्तरुपमा ट्रफी प्रदर्शनी गरेका थिए। राष्ट्रपति पौडेलले टी– २० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे। ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क