Author: Editor
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल नेतृत्वको टोलीले आगामी निर्वाचनमा शान्ति, सुरक्षा तथा कानून–व्यवस्था सुनिश्चित गर्नका लागी गृहमन्त्री ओमप्रकाश अर्याललाई स्मरणपत्र पेश गरेको छन् । आगामी निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानबाट हिंसा, धम्की, डर–त्रास, मतदातामाथि दबाब, राजनीतिक प्रतिशोध, घृणात्मक अभिव्यक्ति तथा कानुन–व्यवस्था कमजोर हुने सम्भावनाबारे चिन्ता व्यक्त भइरहेको परिपेक्षलाई मध्यनजर गर्दै उक्त स्मरण पत्र गृहमन्त्रीलाई बुझाइएको इन्सेकका अध्यक्ष गौतमले बताए। नागरिकका मौलिक अधिकार, विशेषतः मताधिकार, अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण सहभागितामाथि असर नगर्ने गरी निवार्चन सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । यस्तै, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष…
काठमाण्डौं । ट्रान्सपरेन्ट हव नेपाल प्रालिद्धारा संचालित ट्रान्सपरेन्ट खबर डटकमका अध्यक्ष बिना थापा कार्कीलाई मातृशोक परेको छ । काठमाण्डौ महानगरपालिका वडा नं १ नक्सालमा बस्दै आईरहनु भएकी अध्यक्ष कार्कीको आमा अम्बिका कार्कीको ७७ बर्षको उमेरमा २०८२ साल पौष १८ गते असामयिक निधनले भएको हो । दमकी रोगी रहनु भएकी कार्की केहीदिनको अस्पताल बसाई पछि निको भई घरमै बसीरहनु भएको थियो । पौष १८ गते बिहान उहाँको निधन भएको थियो । ट्रान्सपरेन्ट खबर परिवार स्वर्गीय कार्कीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दीक श्रद्धासुमन ब्यक्त गर्दछौं ।
काठमाण्डौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ। उनीहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए ( ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन ) कार्यालय लगिएको थियो । त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क ल्याइँदै गरिएको बताइएको थियो ।भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले पक्राउ गरी न्युयोर्क ल्याएको छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको थियो। ट्रम्प, विदेशमन्त्री मार्की रूबिओ, रक्षामन्त्री पिट…
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् । नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन उनी आज राति ८ बजे दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन्। दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले स्पष्ट पारेको छ। नेपाली समाज भारतका अनुसार, भारतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई एकताबद्ध गर्दै उनीहरूमा सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रचण्ड सोमबार साँझ…
काठमाण्डौं । भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ। भेनेजुएलाका विदेशमन्त्रीले अन्तरराष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्। छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका बीबीसीले जनाएको छ। उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्। कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आएका छन्। उनले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स ९ओएएस० र संयुक्त राष्ट्रसङ्घको तत्काल बैठकूको बोलाउन आग्रह गरेका छन्। कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा…
धनकुटा। नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताउनुभएको छ । आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपाललले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उहाँले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गर्नुभयो । तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढङ्गले एकबद्धता भएर…
फुङ्लिङ (ताप्लेजुङ) । यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । रासस
कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई मरेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन्। गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन्। स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए। “गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन। यस विषयमा विगतमा पनि कुरा उठेको हो। सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्”, उनले भने, “हेरचाहको अभावका कारण यस्तो दुःखद अवस्था आएको हो। गौशालामा दैनिक चारदेखि पाँचवटा गाई मरिरहेको छ। मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन।” पाण्डेले…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई बेवारिसे हुन नदिने बताएका छन्। कानुनविद्हरूसँगको छलफलमा उनीहरू विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट रहेको बताए। छलफलमा बरिष्ठ अधिवक्ता तथा डिएल ए अध्यक्ष सिताराम केसी, नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अधिवक्ता सेमन्त दाहाल, रामचन्द्र ( आरसी ) गौतम लगायतका कानून ब्यवसायीहरु थिए । उनीहरूले भने, ‘विधानतः ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा स्पष्ट छौँ। अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ। त्यसका लागि लागेका छौँ, अन्तिमसम्म लाग्नेछौँ। केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन् । प्रेस सेन्टरले आज खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताएका हुन् । निर्वाचनका लागि दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनको धारणा रहेको छ । जेनजी युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शङ्का गरिरहनुपर्ने अवस्था नभएको भन्दै दाहालले अब देशमा सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको र अर्को सरकार पुनर्गठन नहुने दाबी गरे । काठमाडौँ फर्किनुअघि पत्रकारसँग कुरा गर्दै संयोजक दाहालले अहिलेकै सरकारले फागुन २१ गते नै…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क