Author: Editor

काठमाण्डौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायतसँग अन्तर्क्रिया गरी राय लिएका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको हो। त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छरु आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा समेत उक्त…

Read More

काठमाडौं । फागुन २१ मै प्रतिनिधिसभा निर्वाचन हुने देखिएसँगै माध्यमिक शिक्षा परीक्षा९एसइई० पनि सर्ने सम्भावना बढेको छ। यो वर्ष ( २०८२ ) को एसइई आगामी चैत पहिलो हप्ता सञ्चालन हुने वार्षिक कार्यतालिका भए पनि निर्वाचन हुने देखिएपछि परीक्षामा असर पुर्‍याउने देखिएको हो। ‘जेनजी’ आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो। भदौ २७ मा अन्तरिम सरकार गठन भएपछि ६ महिनाभित्र निर्वाचन गराउने म्यान्डेट पाएको थियो। तदनुसार फागुन २१ गते निर्वाचन तोकिएको छ। यही निर्वाचनका लागि सरकार यतिखेर लागिरहेको छ। प्रधानमन्त्री कार्कीले तोकिएकै समयमा निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै आवश्यक तयारी भइरहेको बताउँदै आएकी छिन्। त्यसो त उक्त निर्वाचनले परीक्षामा…

Read More

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’ शाहले लेखेका छन्, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’ उनले अघि लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष…

Read More

काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान०ले सन् २०२६ को क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले वर्षभर नै घरेलु र अन्तर्राष्ट्रिय खेल हुने गरी क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको हो । जसअनुसार २८ घरेलुु प्रतियोगिता हुनेछन् भने ३२ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला र पुरुष टोली सहभागी हुनेछ । यो वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट आयोजनादेखि पुरुष टी–२०विश्वकपमा सहभागिता जनाउने भएको छ ।

Read More

काठमाण्डौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली छपाइ कार्य सुरु गरेको छ। शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले छपाइ कार्यको औपचारिक उद्घाटन गरेका हुन्। आयोगको सचिवालयका अनुसार निर्वाचनको तयारीलाई तीव्र बनाउने क्रममा मतदाताहरूको अन्तिम नामावली छपाइ सुरु गरिएको हो।

Read More

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्नेछ । त्यसरी पेस गरिएको संशोधित…

Read More

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि पौराणिक सहर साँखुस्थित शालिनदीमा औपचारिक रूपमा आरम्भ भएको छ। एक महिनासम्म चल्ने यो कठिन व्रत र पूजाका लागि पहिलो दिन नै शालिनदी क्षेत्रमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। विशेष गरी शंखरापुर नगरपालिकाको यस क्षेत्रमा माधवनारायणको दर्शन र स्नानका लागि देशका विभिन्न भागबाट भक्तजन पुगेका छन्। वैदिक सनातन धर्मावलम्बीले आजदेखि घर–घरमा श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना र कथा वाचन सुरु गरेका छन्। स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यमा आधारित कुमार र अगस्त्य ऋषिबिचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन गर्ने परम्परा छ। यो सिलसिला आगामी माघ शुक्ल पूर्णिमासम्म निरन्तर…

Read More

काठमाडौं । कतारले १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले आफनो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको हो । कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कतारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको छ । मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ । नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको मन्त्रालयले उच्च कदर गरेको जनाएको छ ।

Read More

म्याग्दी । म्याग्दीवाट ठूलो संख्यामा अवैध हातहतियार बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ। अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका…

Read More

काठमाण्डौं । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६ को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन्। लेबनानका लागि संयुक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसंघव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताइन्। उनका अनुसार सन् २०२५ को अगस्टमा पारित सुरक्षा परिषद्को प्रस्ताव २७९० ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिक रूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ। हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १०…

Read More