Author: Editor

काठमाण्डौं । काठमाण्डौको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औ महाधिबेशनको चर्चा जति चुल्लीएको छ । त्यो भन्दा बढी चर्चा लोकगायिका ज्योती मगर एमाले महाधिबेशनस्थलमा प्रचारमा जुटेको बिषयले पाएको छ । महाधिवेशनमा उम्मेदवारको प्रचारका लागि पुगेकी गायिका ज्योति मगरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गरेकी छिन् । मंगलवारदेखि भृकुटीमण्डपमा प्रचार–प्रसारमा ब्यस्थ रहेकी गायिका मगरले बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा एमालेका अध्यक्ष पदका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी हुन् । पछिल्लो समय सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर मगर चर्चामा छिन् । उनी मंगलबारदेखि भृकुटीमण्डपमा नेताहरूको प्रचारमा खटिएकी थिइन् । तर, उनले आफू एमालेको कार्यकर्ता नभएको स्पष्टोक्ती दिइन् । भृकुटीमण्डपमा भेटिएकी ज्योतीले संचारकर्मीसँग…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिटको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ। कांग्रेसका विघटित प्रतिनिधि सभाको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते दर्ता गरेको रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। रिट निवेदन दिनेमा कांग्रेसका निवर्तमान सांसदहरू आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवणकुमार श्रेष्ठ छन्। उनीहरूले आफ्नो रिटमा निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन्। निर्वाचन रोक्न माग गर्दै पेस गरिएको रिटमा…

Read More

काठमाण्डौं । विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसिप ९आइओएफटिसी० को १५औं संस्करण नेपालमा हुने भएको छ । आइओएफटिसी नेपालको आयोजनामा आगामी बिहीबारदेखि पुस ५ गतेसम्म उक्त च्याम्पियनसिप काठमाडौंमा हुन लागेको हो। दुई वर्षको अन्तरमा विभिन्न देशमा गरिँदै आएको यो च्याम्पियनसिप नेपालमा पाँचौंपल्ट हुँदै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा उक्त तीनदिने प्रतियोगिता हुनेछ। आइओएफटिसी नेपालले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। यस प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशका एक हजार खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। तेक्वान्दो मार्फत विभिन्न देशहरूसँग…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् । ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन् । उनले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ सरकारले अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् । निर्वाचनमार्फत् व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘निर्वाचनलाई कम खर्चिलो,…

Read More

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए । मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए । ‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान क्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी…

Read More

जनकपुरधाम । भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ । भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम ९एनवाईईएफ० का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई ९साना तथा मझौला उद्यम० प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधि उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले भारत(नेपालबिच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो…

Read More

कंचनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कञ्चनपुरको टनकपुर ब्यारेजबाट नेपालतर्फ सिँचाइ सुविधाका लागि नहरमा पानी छोड्नका लागि भारतसँग आवश्यक पहल र समन्वय भइरहेको बताएका छन् । राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरको ब्रह्देवस्थित टनकपुर ब्यारेजको बुधबार बिहान निरीक्षण गर्दै मन्त्री घिसिङले पानी छोड्ने विषयमा भारतीय पक्षसँग दुई देशका संयन्त्र एवम् द्विपक्षीय भेटमा निरन्तर छलफलका साथै पत्राचारसमेत भइरहेको बताए। कञ्चनपुरका सुख्खाग्रस्त करिब पाँच हजार हेक्टर जमिनमा तत्काल सिँचाइ सुविधा उपलब्ध गराउन नेपालतर्फ मुख्य नहर र शाखा तथा प्रशाखा नहर बनिसकेकाले भारतकातर्फबाट पानी छोड्ने निर्णय आउने विश्वासमा रहेको मन्त्री घिसिङ बताए ।

Read More

काठमाडौँ । नेकपा ( एमाले )  को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौ दिन आज विहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा विहानै मतदान गर्नुभएपछि विहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ । मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।

Read More

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । आयोगको बुटवलस्थित कार्यालयले अस्पतालको नाममा पत्राचार गरी अनियमिततासम्बन्धी विवरण माग गरेको हो । जिल्ला अस्पतालमा लामो समयदेखि पटक–पटक मेडिकल सुपरिटेन्डेन्ट ( मेसु )  भई प्रशासन चलाएका डा। नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीहरूको मिलोमतोमा विभिन्न क्षेत्रमा गैरकानुनी र अनियमितताका कार्य भएको आशङ्का गरिएको छ । अनियमितताको रहस्य बाहिरिँदै गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अनियमितताका शृङ्खलाहरू बाहिर आउन थालेका हुन् । कर्मचारीहरूका…

Read More

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सि जिनपिङको निमन्त्रणामा अप्रिलमा बेइजिङ जाने भएका छन्। उनले सिलाई अर्को वर्ष अमेरिकामा राजकीय भ्रमणका लागि निमन्त्रणा दिएका छन्। दुवै नेताबीचको टेलिफोन वार्तामा युक्रेन, ताइवान, व्यापार, फेन्टानिल नियन्त्रण र सोयाबिन खरिदबारे छलफल भएको छ। चीनले ताइवानको विषयलाई युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको “अभिन्न अंग” भनेको छ, तर ट्रम्पले सार्वजनिक रूपमा यसबारे केही उल्लेख गरेनन्। चीन–जापान तनाव चर्कँदै जाँदा भएको वार्तामा सिले युक्रेनमा दीर्घकालीन शान्ति आवश्यक रहेको बताए। चीनले हाल अमेरिकी रासायनिक पदार्थ आयातमा कडाइ गरेको छ भने अमेरिकाले केही कर घटाएको छ। ट्रम्पका अनुसार, दुई देशबीचको व्यापार सम्बन्ध “सकारात्मक दिशामा” अघि बढिरहेको छ।

Read More