Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको ईद [ईद-उल-फित्र] पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास लिएको बताउनु भएको छ । उहाँले सामाजिक एवम् सांस्कृतिक विविधता बिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।साथै उहाँले यस पर्वले सम्पूर्ण नेपालीहरूबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गर्नुभएको छ । ईद [ईद-उल-फित्र]…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिनुुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको हो । “आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।” इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।
काठमाण्डौ. । आज इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ सोमबार हर्षोल्लासका साथ मनाउँदैछन् । यो पर्व इस्लामिक पात्रो अनुसार नवौँ महिना रमजानभर गरिएको उपवास ( रोजा ) को समापनमा मनाइन्छ । रोजाको बेला मुस्लिम धर्मावलम्बीहरू सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । नेपालका विभिन्न ठाउँहरूमा रहेका मस्जिदहरूमा बिहानैदेखि विशेष नमाज पढ्न मुस्लिम समुदाय जम्मा हुन्छन् । नमाजपछि आपसमा अँगालो मार्दै शुभकामना आदान–प्रदान गर्ने परम्परा छ । यो अवसरमा दान ९जकातुल फितर० दिनु अनिवार्य मानिन्छ, जसले गरीब तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई मद्दत गर्न सकिन्छ । इदमा विशेष परिकारहरू तयार गरिन्छन्, जसमा मिठाइ, खजुर, सेवइयाँ तथा विभिन्न परिकारहरू…
काठमाडौँ। बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा ल्याउन प्रक्रिया सुरु गरेको हो । राष्ट्र बैङ्कले आइतबार एक सूचना जारी गर्दै उक्त दरका नोट प्रचलनमा ल्याउन लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैङ्कले नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताबाट गोप्य सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म कार्यालय समयभित्र बोलपत्र पेस गर्न सक्ने सूचनामा उल्लेख छ । राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरूका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो । नोट छाप्न पूर्वसर्त पूरा गरे अनुरूप छ वटा…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाउँदै आएका मागमा जवाफ दिनुहुने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयलाई लिएर विपक्षीले लगातार संसद् बैठक अवरुद्ध गर्दै आइरहेका छन् । घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिँदासम्म बैठक चल्न नसक्ने विपक्षी दलहरूको अडानका कारण बिहीबार, शुक्रवार र आइतबारको बैठक प्रभावित भइसकेको छ । आजको बैठकका सम्भावित कार्यसूची – सन्देश टेबुल “बैङ्किङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक…
काठमाडौं । गणतन्त्र पक्षधर राजनीतिक दलहरुका प्रमुख नेताहरुबीचको बैठकले संविधान विरोधी गतिविधि गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन उल्ट्याउने षड्यन्त्रमुलक गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृहमन्त्री रमेश लेखकले यस्तो बताए । उनले हालको शासन व्यवस्था निकै लामो संघर्षपछि आएको र नेपालको संविधान र संविधानकै मार्फत देश विकास र जनताको सुरक्षामा एकजुट हुने पनि सहमति भएको बताए । उनले संविधानविरोधी कुनै पनि गतिविधिहरु नसहने निष्कर्ष निकालिएको पनि बताए । राप्रपाले आन्दोलनलाई थप सशक्त बनाउने भनेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘संविधानविरोधी कुनै पनि कार्य सह्य हुनेछैन ।’ त्यस्तै, नेकपा माओवादीका…
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प पुरातनवादी सोच भएको राजतन्त्र हुन नसक्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउनु भनेको आफैंलाई छेड्नु सरह हुने भएका हुन् । उनले यही व्यवस्थालाई थप फराकिलो बनाउन आवश्यक रहेको बताए । ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प लोकतान्त्रिक गणतन्त्रमात्रै हुन्छ । त्यसको विकल्प कुनै पुरातनवादी सोचमा आधारित व्यक्तिको नायकत्व स्थापित गर्ने कुरा हुनै सक्दैन । कसैसँग चित्त बुझेको छैन होला, धेरै असन्तुष्टिहरु छन् होला । आम नागरिकले प्राप्त गरेको यो व्यवस्थालाई नै कमजोर गराउनेगरी अगाडि बढ्नु भनेको आफूले प्राप्त गरेको स्वतन्त्रता…
काठमाडौँ । रकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद ९इद उल फित्र० का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जानकारी दिएको हो । २०८०/ १०/ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद ( ईद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जारी सूचनामा उल्लेख छ ।
काठमाडौं । शुक्रवार आन्दोलनका क्रममा पक्राउ गरीएका कार्यकर्ता र नेताको रिहाई नभएपछि राप्रपा थप आन्दोलित बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार साँझ देशभर मसाल जुलुस निकालेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपा सडकमा उत्रिएको हो । यसअघि राप्रपाको वैठकले उनीहरुलाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ । राप्रपाले देशैभर मसाल जुलुस निकालेको प्रवक्रा मोहन श्रेष्ठले बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरहरूको बैठक सिंहदरवारमा केही समयअघि सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो भने घटनामा दुई जनाको मृत्युसमेत भएको थियो । घट्नापछि राप्रपाका नेता कार्यकर्ताहरुसहित केही मानिस पक्राउ परेका छन् । यसअघि हिजो बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले पनि अहिलेको संविधान पक्षधरसँग छलफल गर्ने निर्णय गरेको थियो । बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री डा। बाबुराम…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क