Author: Editor
काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैलाई जित(हारको कुरा नगरी चुनावमा केन्द्रित हुन भन्दै कांग्रेसले परिपत्र गरेको हो। महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले जारी गरेको परिपत्रमा अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वाससमेत व्यक्त गरिएको छ। ‘विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमितिकोसमेत चयन भई पार्टी नयाँ जोश, जाँगर र हौसलाका साथ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ होमिसकेको व्यहोरा यहाँहरुलाई अवगत नै छ,’ परिपत्रमा भनिएको छ, ‘निर्वाचनमा सहभागी हुनु भएका, नहुनु भएका,…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् । झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका थिए। बालेन मंगलबार (आज ) दिउँसो मात्रै सुदूरपश्चिम पुग्ने कार्यक्रम छ । त्यसअघि उनी बाँके र बर्दियाका केही कार्यक्रममा सहभागी हुने र समर्थकसम्म पुग्ने गरिरहेका छन्। यसैबिचमा आज बिहान उनले बर्दिया–२ मा राजापुरस्थित खोलिएको रास्वपाको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। यस्तै उनले बर्दियाको प्रसिद्ध ठाकुरबाबा मन्दिरको पनि दर्शन गरेका गरेका छन् । उनले आज कैलाली र कञ्चनपुरमा आयोजना हुने सभामा सहभागी हुनेछन । उनी चुनावी अभियानमा भोली…
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, सरकारका पदाधिकारी र गैह्रसरकारी संस्थालाई स्पष्टीकरण मागेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता लागू भएदेखि माघ ११ गतेसम्म आठवटा स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरे पनि हालसम्म जवाफ प्राप्त नभएको उनले बताए । काठमाडौँ जिल्ला…
काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरवारमा बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तताको सूचना पढेर सुनाउने, राष्ट्रिय सभा सदस्यको स्थान रिक्तता सम्बन्धी सूचनाको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ सभा समक्ष पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तैगरी, गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न…
काठमाडौँ। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनसँगै थप सुरक्षा सतर्कता अपनाइएको छ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारहरूको आवतजावत र बसाइमा कुनै पनि असुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन सुरक्षा तयारीसँगै उम्मेदवारको सुरक्षालाई विशेष प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो । निर्वाचन सुरक्षालाई त्रुटिरहित बनाउन गृह मन्त्रालयले एकीकृत सुरक्षा योजना तयार पारी कार्यान्वयन नै गरिसकेको बताउँदै प्रवक्ता काफ्लेले भन्नुभयो, “कुनै पनि उम्मेदवारले सुरक्षाको कुनै चिन्ता…
बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानका क्रममा नेपालगञ्ज पुगेका छन्। झापाबाट फर्किएका शाह काठमाण्डौहुदैं नेपालगञ्ज विमानस्थल बाहिरिदाँ उनलाई स्वागत गर्न पार्टी कार्यकर्ता र समर्थकको ठूलो भिड देखिएको थियो। विमानस्थलबाट रुफटप कारमा बाहिरिएका साहसँग सेल्फी खिच्न समर्थकहरू उत्साहित देखिन्थे भने उनलाई हेर्न स्थानीय बासिन्दा छतछतमा उभिएका थिए। विमानस्थलमै उनलाई स्वागत गर्न पार्टीका केन्द्रीय सदस्य खगेन्द्र सुनार पनि उपस्थित थिए। नेपालगञ्जबाट साह सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ। सुदूरपश्चिमबाट साहनिकट दुई व्यक्तिले उम्मेदवारी दिएका छन्। उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाम–२ बाट र कोर टिमका सदस्य केपी…
काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’ निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड ( न ) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय…
काठमाडौं । छिमेकी मुलुक भारतले आज ( सोमबार ) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको…
काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो ।…
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ जान लागेका हुन्। बिहान १०–३० बजेको नियमित उडानबाट सिमरा विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। सिमरा ओर्लिएपश्चात उनी सडकमार्ग हुँदै सर्लाही पुग्नेछन्। आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि र जनताका गुनासा सुन्ने कार्यक्रम तय गरिएको छ। निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्ने र पार्टी सांगठनिक काम पनि गर्ने गरी सर्लाही जान लाग्नु भएको हो, थापाको सचिवालयका…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क