Author: Editor

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा पदको कुनै बार्गेनिङ नगरेको दाबी गरेका छन् । रास्वपासँगको एकता भंगको घोषणा गरेर कुलमान आफूले नै पहल गरेर खोलेको उनेपालाई सक्रिय बनाएर अघि बढेका छन् । धेरैले उनलाई रास्वपामा भाग खोजेको र ठूलो पद खोजेको भनेर आरोप लगाएका थिए । आज ( शनिबार)  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूले रास्वपासँगको एकता प्रक्रियामा सामेल हुँदा निशर्त सहभागी भएको दाबी गरे । रास्वपासँग एकता भंग भएपछि कुलमानले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए ।

Read More

पाल्पा । पूर्वउद्योगमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेयले ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणस्थलबाट चुनावी अभियान सुरु गरेका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा पुगेर पाण्डेयले आफ्नो राजनीतिक संकल्प र एजेन्डा सार्वजनिक गर्दै चुनावी अभियान सुरु गरेका हुन् । उनले आफुले नागरिकको माग र चाहना अनुसार उम्मेदवारी दिएको दाबी गरेका छन् । ‘मैले मेरो आफ्नै कारण मात्र होइन, २०७९ मा पराजित भएपछि पनि म निरन्तर पाल्पाली जनताको सेवामा लागिपरे त्यसपछि सबैतिरबाट तपाईं उम्मेदवार बन्नुपर्छ भन्ने प्रेरणा र नागरिकको दबाब भो । त्यसपछि उम्मेदवार बनेको हुँ’, पाण्डेले भने…

Read More

काठमाडौँ । भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन्। बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति देखि नै अवरुद्ध रहेका हुन्। रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। हिमपातले राजमार्ग अवरुद्ध हुनुका साथै विद्युत् सेवा पनि बन्द रहेको छ। उनले भने, ‘रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प छ। पुनः सञ्चालनका लागि पहल थालिएको छ।’ यस्तै डडेल्धुराको साहुखर्क, हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि ठप्प रहेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि नै…

Read More

काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो । शिक्षा मानवअधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड…

Read More

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको निर्णय र निर्देशन विपरीत उम्मेदवार बनेका तथा तिनका प्रस्तावक, समर्थक र प्रचारक बनेका सात जनालाई कारबाही गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको पत्रमा पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निस्कासन गरेको उल्लेख छ। निस्कासनमा परेका नेताहरू  १. हरिबोल गजुरेल, सिन्धुली २. महेश्वर दाहाल, सिन्धुली ३.  कुलप्रसाद के.सी., दाङ ४. मेजर राई, उदयपुर ५. धर्मनाथ साह, सिरहा ६. राजकुमारी साह, सिरहा ७. जिवछ साह, सिरहा

Read More

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज ९शनिबारका०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५ पैसा…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह चुनावी प्रचार प्रसारको क्रममा तेह्रथुमको मेयङलुङ पुगेका छन् । मनोनयन दर्तापश्चात बालेन रास्वपाको चुनावी प्रचार प्रशारको लागि पूर्वी नेपालमा रहेका छन् । बालेनले झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्नका लागि मनोनयन दर्ता गराएका छन् । बालेनले झापा ५ मा नेकपा ( एमाले )  का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्दैछन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।

Read More

काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पूर्व शिक्षामन्त्री महावीर पुनलाई कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले समर्थन गरेको छ । उनेपाका प्रवक्ता डा।राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको बताएका छन् । पुन अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका हुन् । उनको जन्मथलो म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँ हो । महावीरलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायतका अन्य केही दलहरुले पनि समर्थन गरिसकेका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । शुक्रबार निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन पत्राचार गरेको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने लगायतका प्रावधानहरू रहेको भन्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्र बैंकलाई यस्तो पत्राचार गरिएको हो । आयोगले गरेको पत्राचारमा भनिएको छ,आमनिर्वाचन…

Read More

गोरखा । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको केही समयमै उनले आफ्नो निर्णय सच्याउँदै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । डा. भट्टराईले आफूलाई विभिन्न राजनीतिक दल, शुभेच्छुक र साथीभाइबाट चुनाव नलड्न सुझाव आएको बताए । एउटा दल विशेषको सांसद मात्र बन्दा भूमिका सङ्कुचित हुने र अहिलेको तरल राजनीतिक अवस्थामा सबैको साझा अभिभावक बन्नुपर्ने सुझावलाई स्वीकार गर्दै उनले उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् । उनले अब संसद् बाहिरै रहेर राजनीतिक दलहरूलाई सल्लाह, सुझाव र…

Read More