Author: Editor

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ( विप्लव )  नेतृत्वको नेकपा ( माओवादी ) लाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन्। बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए। उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे। समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै उनले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भएपनि त्यो सफल हुन नसकेको बताए। जेनजी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको संयोजक दाहालको टिप्पणी छ। जेनजी आन्दोलनपछि मुख्य नेतृत्व…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । आयोगले राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

Read More

काठमाण्डौं । स्पेनले सन् २०३० को फिफा पुरुष विश्वकपको फाइनल आयोजना गर्ने भएको छ। रोयल स्पेनी फुटबल महासंघका अध्यक्ष राफेल लुजानले स्पेनले पोर्चुगल र मोरक्कोसँग मिलेर संयुक्त रूपमा आयोजना गर्दै गरेको २०३० विश्वकपको फाइनल आयोजना गर्ने बताएका हुन्। लुजानले सोमबार राति म्याड्रिड स्पोर्ट्स प्रेस एसोसिएसनद्वारा आयोजित एक कार्यक्रममा उनले भने, स्पेनले धेरै वर्षदेखि आफ्नो संगठनात्मक क्षमता प्रमाणित गरेको छ। यो २०३० को विश्वकपको फाइनल यहाँ आयोजना हुनेछ। सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने गर्छन्। फिफाले गत वर्ष रोयटर्स समाचार एजेन्सीलाई २०३० को फाइनलका लागि स्थान तय गर्नु हतार भएको बताएको थियो। फिफाले २०२६ को…

Read More

काठमाण्डौं । त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सेलुलाइटिस भएको टिचिङ अस्पतालले जनाएको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो। चिकित्सकका अनुसार सेलुलाइटिस भनेको छालाको भित्रि तहसम्म हुने संक्रमण हो। छालाभित्र कीटाणुको संक्रमण हुँदा छाला सुन्निने, रातो हुने, दुख्ने तथा तातो महसुस हुने गर्दछ। अस्पतालका अनुसार हाल उनलाई संक्रमणको नसाबाट एन्टिवायोटिक दिएर उपचार भइरहेको छ। उनलाई हाडजोर्नी विभाग अन्तर्गत भर्ना गरिएको छ। अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। लामिछानेलाई जनकपुर कार्यक्रममा जाँदा देब्रे खुट्टामा चोट लागेको थियो। सामाजिक सञ्जालमा भेटिएका तस्बिरहरू भने यो अस्पतालको नभएको अस्पतालले…

Read More

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र(५ अहिले देशकै सबैभन्दा धेरै चर्चामा रहेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहको उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिमा बहसको केन्द्र बनाइदिएको हो। दुवै जनालाई आ–आफ्नो दलले भावी प्रधानमन्त्रीका रूपमा उभ्याएर पनि यो क्षेत्र चुनावी चर्चाको केन्द्र बनेको हो। चुनावी रौनक पनि थपिँदै छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि बौद्धिक बहससम्म अहिले झापा–५ कै चर्चा छ। ‘ओली कि बालेन ? ’ भन्ने प्रश्नले जनमत विभाजित मात्र होइन,…

Read More

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा कठिनाइ हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरीले सामाजिक सञ्जालमा सन्देश जारी गर्दै भनेको छ, ‘आज बिहानै मुक्तिनाथ लगाएत उपल्लो मुस्ताङका क्षेत्रमा हिमपात परिरहेको र बाटो अवरुद्ध भएकाले यो क्षेत्रमा यात्रा नगर्नुहुन सम्पूर्ण यात्रु साथै सरोकारवालामा जानकारीको लागि अनुरोध गरिएको छ ।’ हिमपात भएपछि मुक्तिनाथलगायतका क्षेत्रममा गएकाहरु बाटोमै रोकिएका छन् ।

Read More

काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको हो। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ। प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक(फरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय रूपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ। आचारसंहिता यही माघ ४ गतेदेखि लागू भएको हो।

Read More

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताउनुभयो । त्यसैगरी, सिमकोटस्थिको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले…

Read More

काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो । पूर्वमन्त्री मोहनबहादुर बस्नेतमाथि कुनै अध्ययनविना सोझै आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिदबारे निर्णय गरेको आरोप छ । स्वायत्त प्रकृतिको नेपाल दूरसञ्चार प्राधिकरणमाथि उनले बजेट तथा कार्यक्रम स्वीकृतिको क्रममा इन्टरनेशनल कल मोनिटरिङ र भीओआईपी नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने भनी निर्णय गरेका थिए । प्राधिकरणका…

Read More

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेशको द्रुतमार्ग निरीक्षण गरेकी छन् । सडक निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिइन् । विकास निर्माणमा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुने उनको भनाइ छ । कार्कीले भनिन्, ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिइ समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरूको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।’ प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराए । निरीक्षण…

Read More