Author: ट्रान्सपेरेन्टखबर
काठमाण्डौं । शनिवारदेखि किर्तिपुरको खेल मैदानमा शुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा विराटनगरका मार्टिन गप्टिलले अर्धसतक बनाएका छन् । उनले जनकपुरविरुद्धको उद्घाटन खेलमा ३६ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाएका हुन् । न्युजिल्यान्डका अनुभवी ब्याटरले अर्धसतक बनाउँदा विराटनगरले १२.१ ओभरमा ८३–३ को अवस्थामा थियो । यसअघि जनकपुरका ललितनारायण राजवंशी पहिलो विकेट लिने खेलाडी बनेको थिए । शनिबार भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ललितले विराटनगरका लोकेश बमको विकेट लिएका हुन् । उनले दोस्रो ओभरको पहिलो बलमै विकेट लिएका थिए । लोकेश र मार्टिन गुप्टिल क्रिजमा आएका थिए । यसअघि जनकपुरले टस जितेर बलिङ गरेको थियो…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौलता देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ । अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साता अघिकै लेभलमा पुगेको छ । २०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक अधिकांश…
कैलाली । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन, वातावरण, वन्यजन्तुको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नेलगायत कामलाई मन्त्रालयले अघि बढाएको बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री शाहीले वन र जैविक विविधता संरक्षणसम्बन्धी मन्त्रालयले योजना बनाउर ती योजनाहरूलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको उल्लेख गरे । मन्त्री शाहीले मन्त्रालयले वन्यजन्तु संरक्षण, मावन र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणलगायत विषयलाई पहिलो प्राथमिकतामा राखेको बताए । ुकेही समयअघि मन्त्रालयले यी विषयका बारेमा आवश्यक जानकारी सङ्कलन गर्न कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एउटा कार्यक्रम गरेको थियो । सो क्रममा उक्त क्षेत्रमा बढी समस्या देखिएका थिए,ु उनले भने, ुती…
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरू नेपालमा अनुदानस्वरुप अघि बढाउन चीन सरकार सकारात्मक रहेको बताएकी छन् । चीन भ्रमण सकेर शनिबार फर्किएकी परराष्ट्रमन्त्री राणाले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्टअन्तर्गतका योजना अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् । देशभित्रको परिस्थितिका कारण नेपालले ऋण लिनस क्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पष्ट पारेको बताउँदै उनले भ्रमणमा दुई देशको पारस्परिक सम्बन्धलाई मजबुत बनाउने, भइरहेको कामलाई कसरी निरन्तरता दिने भन्नेबारेमा छलफल भएको बताइन् । व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल, आर्थिक, सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ दुई देशको सम्बन्ध अघि बढाउने…
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल०को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्याले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ ।
कैलाली । नेपाली सेनाले राष्ट्रिय सुरक्षा संवेदनशीलतालगायतका विषयमा सुदूरपश्चिमका पत्रकारलाई प्रशिक्षण दिएको छ। रेडियो, पत्रिका र अनलाइनमा आबद्ध नौ जिल्लाका १९ पत्रकारलाई प्रशिक्षण दिइएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीमा पाँच दिनसम्म दिएको प्रशिक्षणको समापनमा बोल्दै पृतनापति प्रकाश देउजाले राष्ट्रको सुरक्षाका लागि सेना र पत्रकारबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । उनले राष्ट्रिय सुरक्षा संवेदनशीलतामा सेनाजस्तै पत्रकार पनि संवेदनशील हुनुपर्ने बताए। सेनाले करिब १५ वर्षअघिदेखि पत्रकारहरूका लागि रक्षा संवाददाता अभिमुखीकरण सुरु गरेको थियो। अहिलेसम्म देशभरका पाँच सयभन्दा बढी पत्रकारलाई यो प्रशिक्षण दिइएको सेनाले जनाएको छ। जहाँ नेपाली सेनाको इतिहास, राष्ट्रिय सुरक्षा नीति, सूचनाको हक, कम्ब्याट फोर्स,…
काठमाण्डौं । मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा मुछिएका एमाले नेता तथा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई प्रतिवादी नबनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्णय गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका हुन्। रिट निवेदनमा जिल्ला सरकारी वकिलको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्न परमादेशको माग गरिएको छ। वरिष्ठ अधिवक्ता त्रिपाठीको रिट निवेदन अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतका प्रवक्ताले जानकारी दिए।
काठमाण्डौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिसकिने जनाएको छ ।उपनिर्वाचन हुने ३४ वडामा त्यसै दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना सुरु हुने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । मतगणना गर्दा कानूनी व्यवस्था अनुसार सर्वदलिय सहमति अनुसार गर्नुपर्ने भन्दै राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले निर्वाचन अधिकृतले भने अनुसारको काम गरेमा, विवाद नगरेमा मतपत्र सजिलो र निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने उनको भनाई छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचन आयोगको तयारी…
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो । मेडिकल व्यवसायी प्रसाईं साइबर अपराधको कसूरमा मंसिर ५ गते पक्राउ परेका हुन् । यसअघि आइतबार उनलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण…
काठमाण्डौं जापान र श्रीलङ्काका राजदूतले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन् भेटका अवसरमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल र जापानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । त्यस्तै नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शन के पाथिरानाले नेपाल र श्रीलङ्काबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी गरेका थिए । राष्ट्रपतिले दुवै राजदूतलाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक: जनक राज पण्डित
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क