Author: Editor
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । ध्यान दिवस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा शर्मा गौतम र ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणलगायत व्यक्तित्वहरुको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक…
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । उनी पुस ९ गतेमात्र स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा डा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट र छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा उनले आफ्ना विचारहरू राख्ने सचिवालयले जनाएको छ। डा. भट्टराईले भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा सहभागी भईुदक्षिण एसियाको लोकतान्त्रिक भविष्यस् युवा, प्रविधि र समावेशी लोकतन्त्रु विषयमा विशेष सम्बोधन गर्नेछन्। नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टरमा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभद्वारा आयोजित एक विशेष कार्यक्रममा उनी…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा जुटेको हो । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ । तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा निर्णय नभइसकेको छ कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । ‘केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग…
काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ । ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे…
जनकपुर। मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ । सभामुख चयन प्रक्रियाका लागि दिउँसो १ बजे मधेस प्रदेशसभा बैठक बोलाइएको छ । प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी ९जसपा० नेपालका रामआशिष यादव र एमालेबाट त्रिलोकी प्रसाद चुनावी प्रतिस्पर्धामा रहेका छन् । यादवलाई नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहले प्रस्ताव गरेका छन् भने नेकपा माओवादी केन्द्रका सदस्य फकिरा महतोले समर्थन गरेकी छिन् । यसैगरी एमालेका त्रिलोकीलाई उक्त पार्टीका जयचन्द्रप्रसाद पटेल र प्रस्तावकमा शारदा देवी थापा छिन् । मधेस प्रदेशमा सात दल एकातिर हुँदा एमाले एक्लै रहेको छ । यसअघिका…
नवलपुर। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड विस्तारको काम अवको निर्धारित समयमा पनि नसके ठेकेदार कम्पनीलाई जरिवाना गरिने बताउनुभएको छ । शनिबार राति सडकको अनुगमनपछि मन्त्री घिसिङले यस्तो चेतावनी दिनुभएको हो । ‘‘सडक विस्तारमा केही सुधार भएको छ, तर सन्तोषजनक छैन,’’ मन्त्री घिसिङले भन्नुभयो, ‘‘असारसम्ममा ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले सम्पूर्ण काम सम्पन्न गरेर प्रोजेक्ट नै हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ, त्यसपछि कुनै पनि हालतमा म्याद थपिँदैन, होइन भने जरिवाना तिराइनेछ ।’’ पछिल्लो समय तेस्रो पटक थपिएको म्याद साउन ७ गते सकिँदैछ । हालसम्म ७७ प्रतिशत भौतिक प्रगती भएको कम्पनीले जनाएको छ ।…
इस्लामाबाद । संघीय अनुसन्धान एजेन्सी ९एफआईए० को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ ९पिटिआई० का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ । रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइका क्रममा विशेष न्यायाधीश सेन्ट्रल शाहरुख अर्जुमन्दले फैसला सुनाएको बताइएको छ । इमरानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ ( साझा इरादा ) र ४०९ ९आपराधिक विश्वासघात० अन्तर्गत १० वर्षको सश्रम कारावास र भ्रष्टाचार रोकथाम ऐनको…
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ आइपुगेका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर ठूलो संख्यामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो। लामिछाने विमानस्थलबाट बाहिरिँदा उनका समर्थकहरूले नाराबाजी गर्दै भव्य स्वागत गरेका छन्। सभापति रवि लामिछाने जेनजी आन्दोलनका शहीद परिवारलाई भेट्न पुगेका छन् । विमानस्थलमा समर्थकहरूको भव्य स्वागत पछि उनी सिधै बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए…
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षका नेताहरूको शनिबार काठमाडौँमा बसेको भेलाले महाधिवेशनमा उठाइएका वैचारिक मुद्दाहरूलाई निरन्तर अगाडि बढाउने निर्णय गरेको छ । एमाले उपमहासचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद ( जबज ) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रीकरण जस्ता मुद्दाहरूलाई पार्टीको विधि र विधानभित्रै बसेर उठाइरहने निष्कर्ष निकालेको छ । आफ्ना विचारहरूलाई पार्टीका विभिन्न तहमा छलफलका लागि लैजाने तयारी यो पक्षले गरेको छ । भेलाले महाधिवेशनको मत परिणामबाट विचलित नहुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दै पार्टीको एकता र सुदृढीकरणका लागि रचनात्मक भूमिका खेल्ने अठोट गरेको छ । यद्यपि, महाधिवेशनका…
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएपछि चितवनमा सार्वजनिक कार्यक्रममा सरिक भए । पार्टीले आयोजना गरेको चौविसकोठीको कार्यक्रममा उनले कारको हुटमा उभिएर सम्बोधन गरेका थिए । उनले सो क्रममा देशमा परिवर्तन चाहनेहरूलाई एकैठाउँमा ल्याउन आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । तर, चुनावको लागि मात्रै हो भने सहकार्य नहुने उनको प्रतिक्रिया छ । उनले चितवनले आफूलाई सधैं न्याय गरेको पनि बताए । उनले परिवर्तनको लागि देशका मिल्नुपर्नेहरु एक ठाउँमा उभिने र मिलेरै छोड्ने पनि घोषणा गरे । लामिछानेले अब जेनजी युवा पुस्ताको साथ लिएर देश निर्माण गर्ने बताए । उनले भने,‘हामी चुनाव कुरेर बसेका थियौँ,…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क