Author: ट्रान्सपेरेन्टखबर
नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ–बुटवल सडक खण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका(१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९स्०० बजेदेखि सञ्चालनमा आएको हो । विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि दिनभर सडक अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा सवारी बीच बाटोमा अलपत्र परेका थिए । डाइभर्सन नहुँदा…
काठमाडौं। नेपालले चारदेशिय टी–२० सिरिजको उपाधिका लागि आइतबार कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। शुक्रबार लिग चरणको अन्तिम खेल नेपाल र हङकङ भिडिरहेका थिए। तर, खेल नौ ओभर पुग्दा नै वर्षाको कारण रद्द भएपछि नेपाल अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो। नेपालले तीन खेलमा जित निकाल्यो। यता, कुवेत भने लिग चरणमा दोस्रो हुँदै फाइनलमा पुगेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ११, १५ बजे हुनेछ।नेपाल र कुवेत यसअघि दुईपल्ट भिडेका छन्। ती दुवै खेलमा नेपाल अपराजित छ। सन् २०१९ मा आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रीय फाइनलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको थियो। उक्त खेलमा पारस खड्काले सर्वाधिक ६८ रन बनाएका थिए।…
काठमाडौँ । नेपालमा प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिने क्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र २८ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार यस वर्ष वैशाखदेखि चैत २८ गतेसम्ममा ७८ जनाको मृत्यु चट्याङकै कारण भएको छ । यो एक वर्षमा चट्याङबाट घाइते हुनेको सङ्ख्या ३०९ पुगेको छ । चट्याङले हालसम्म ५५६ घरपरिवार प्रभावित भएका छन् । जसबाट करिब एक करोड ४३ लाख रुपियाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । चट्याङबाट आमनागरिकको जीवनरक्षाका लागि प्राधिकरणले सचेतना अभिवृद्धिको पहल गरिरहेको केसीले जानकारी…
वीरगन्ज । वीरगन्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु लगाइएको क्षेत्रमा सेना परिचालन गरिएको छ ।दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । कर्फ्युमा पनि प्रदर्शन जारी राखेपछि सडकमा सेना देखा परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सेना परिचालन भएको पुष्टि गरे । आज बिहानदेखि अवस्था सामान्य बनेको छ । योसँगै कर्फ्यु पालना गराउने क्रममा प्रहरीले चलाएको गोली लागेर एक वृद्ध घाइते भएका छन् । स्थानीय हरिन्द्र राउत अहिरको हातमा गोली लागेको छ । अहिले उनको…
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । उहाँको गएराति निधन भएको उहाँका छोरा दीप शम्शेर राणाले जानकारी दिनुभयो । राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उहाँ २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।
वीरगञ्ज । वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ । दुई समुदायबीच हिंसा भड्किने अवस्था सृजना भएकाले आज साँझ ६ः३० बजेदेखि आइतवार दिनको १२ बजेसम्मका लागि प्रशासनले कर्फ्यु लगाएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम वीरगञ्जको पूर्वमा भेडियाही चौक, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटलाई चारकिल्ला मानेर सोभित्र कर्फ्यु लगाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । तोकिएको क्षेत्रभित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ…
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक प्रदर्शनमा नलागेर सरकारको प्रदर्शनमा ख्याल राख्न आग्रह गरेका छन्। शनिवार कांग्रेस बाँकेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। बाँकेबाट महामन्त्री शर्माले यस्तो सुझाव दिइरहेका बेला प्रधानमन्त्री ओली झापाको दमकमा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै थिए। राजनैतिक दलहरूले सडकमा प्रदर्शन गर्ने र प्रदर्शनमार्फत आफ्ना एजेन्डाउपर जनमत बनाउन पहल गर्ने कार्य लोकतन्त्रमा बिलकुलै स्वाभाविक रहेको शर्माले बताए। ‘केहीअघि माओवादी र एकीकृत समाजवादी पार्टीको प्रदर्शन र पछिल्लो समय एमाले पार्टीको प्रदर्शनलाई स्वाभाविक रूपमा लिनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ रूपले प्रस्तुत यी प्रदर्शन अत्यन्तै…
काठमाडौं । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश र असन्तुष्टि रहेको बताएका छन् । आज ९शनिबार० पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान छेडिरहेको अवस्थामा जाली फटाहाहरुले वर्तमान सरकार बनाइदिएकाले जनतामा आक्रोश र असन्तुष्टि चुलिएको बताएका हुन् । अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भएको बेलामा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा असाधारण रेकर्ड बनेको बताए । छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र नेपालीको हित प्रस्तुत गर्ने सन्दर्भमा पनि आफ्नो तेस्रो प्रधानमन्त्रित्व कार्यकाल सफल रहेको उनले बताए ।…
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न सर्कुलर गरेको छ । बिहीबार प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई त्यस्तो सर्कुलर गरेको हो । प्रधान कार्यालयबाट जारी सर्कुलरमा भनिएको छ, ‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्नुहुन अनुरोध ।’ प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले हस्ताक्षर गरेको सर्कुलर अनुसार आन्दोलन लगायतका परिस्थितिलाई मध्यनजर राखेर राजीनामा स्वीकृत नगर्न भनिएको छ । प्रहरी विधेयकमा औषधी उपचार खर्च कटौती गर्ने प्रस्ताव गरिएको हल्ला फैलिएपछि केही समयअघि देखि नै राजीनामाको लहर चलेको अधिकृतहरू बताउँछन् ।…
काठमाण्डौं । शिक्षा ऐन लागू गर्ने लगायतका मागहरु राखेर काठमाण्डौ केन्द्रित आन्दोलन गरीरहेका शिक्षकहरूले शनिवार पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूले शनिबार भने बबरमहल क्षेत्रको सडकमै बसेर प्रदर्शन गरेका छन् । बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन केही समय प्रभावित भएको थियो । शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले निरुनतर आन्दोलन गरीरहेका छन् । महासंघले आन्दोलन र वार्ता सँगसँगै अघि बढाएकोछ । यसैबिच आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयकाबिचमा बार्ता पनि चली नै रहेको छ । बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन्…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क