Author: ट्रान्सपेरेन्टखबर
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । सो घटनामा परी…
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ। विसं २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए। पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे। पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचारप्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन्। हाल फ्रान्स जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए। धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने…
ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका– १० स्थित सडक खण्डमा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । घटनामा दुई जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए । एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या…
काठमाडौँ। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२४ देखि २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब लगानी आवश्यक पर्ने जनाएको हो । दिगो विकास लक्ष्यमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ को कार्यान्वयनका लागि आवश्यक पर्ने आयोगले जनाएको छ । दिगो विकास लक्ष्य–९ उद्योग, नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित छ । यस क्षेत्रमा कुल लगानीको २४ प्रतिशत लगानी आवश्यक पर्ने जनाइएको छ । त्यसैगरी, लक्ष्य–७ अर्थात स्वच्छ ऊर्जाका…
काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ९ गतेसम्म शिक्षक आन्दोलन फिर्ता नभए कक्षा १२ को वार्षिक परीक्षा स्थगित गर्नुपर्ने जनाएको छ। वैशाख ११ गतेदेखि सञ्चालन हुने परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित गर्ने जनाएको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले सोमबार बिहान १० बजेसम्म आन्दोलनरत शिक्षकसँग सहमति नभए परीक्षा स्थगित गर्ने बताएका छन्। ‘उत्तरपुस्तिका र प्रश्न पत्र परीक्षा केन्द्रहरूमा पुगिसकेको छ। केन्द्राध्यक्षहरूको अभिमुखीकरण बाँकी छ। पर्सिदेखि शिक्षकहरू कार्यस्थलमा फर्किनुभयो भने परीक्षा सञ्चालन गराउन सकिन्छ। अनलाइनबाट केन्द्राध्यक्षहरूको अभिमुखीकरण गराउन सकिन्छ,’ अध्यक्ष शर्माले भने, ‘तर भोलि चैत्र ८ गतेसम्म पनि आन्दोलन टुंगिएन भने परीक्षा सञ्चालन गराउन सकिँदैन। स्थगित गर्नु पर्ने हुन्छ। हामी भोलि १०…
काठमाण्डौं । आइतबार सांझ ५स्३० बजे धादिङ्ग जिल्ला बेनिघाट रोराङ्ग गाउंपालिका(७ स्थित त्रिशुली नदिमा मोटरसाइकल सहित खसेका १ ब्यक्तिको उद्दार कार्य भइरहेको छ । २ जना सबार मोटरसाइकल नदिमा खसेको खबर प्राप्त भए पश्चात् खोजि कार्यको लागि लागि सशस्त्र प्रहरी बल बिपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक अस्मित कुमार चौहान कमाण्डमा गोताखोर सहितको सुरक्षा फौज परिचालन भएको थियो । गोताखोर सहितको सुरक्षाफौजले सडकबाट करिब १ सय ५० मिटर तल भिर बाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाइ माथी ल्याउने कार्य गरिरहेका छन् । खोजतलासको क्रममा बा. प्र. ०२.०२४ प ४०५४ नम्बरको मोटरसाइकल र एक ब्यक्तिको…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका अध्यक्ष लिङदेन सहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले राप्रपाको आन्दोलन जारी रहने बताएका हुन् । ‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’ त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे । काठमाण्डौको सिंहदरवारमा रहेको संसदीय दलको कार्यालयवाट निस्कने क्रममा पक्राउ परेका…
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताए । “नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ । विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने…
काठमाडौं । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । प्रहरीले उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरेको हो । उनीविरुद्ध ललितपुर प्रहरीमा ठगी र आपराधिक विश्वासघात आरोपमा जाहेरी परेको छ ।उनका अनुसार यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ पूर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुरबाट प्राप्त पत्रको आधारमा उनलाई पक्राउ गरिएको छ । उनीविरुद्ध मुद्दा कसले दर्ता गराएको कुरा खुल्न सकेको छैन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पनि यादवमाथि आर्थिक अनियमितताको आरोप लगाएका थिए । जनमतका केन्द्रीय अनुशासन समितिले यादवमाथि ०८१ चैत २१ मा पार्टीलाई हिसाव नबुझाएको र रकम अनियमितता रहेको सहितको आरोप लगाउँदै निलम्बन…
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ । त्यस कार्यक्रमका लागि अनलाइनमार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्न पनि आयोगले भनेको छ । निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम अद्यावधिक कार्यक्रम सञ्चालन हुन लागेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । उक्त कार्यक्रम बमोजिम गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया प्रारम्भ भैसकेको छ ।मतदाताहरूको प्रारम्भिक नामावली आयोगको वेवसाइटमा प्रकाशन समेत भएकामा अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जानकारी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क