Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक आज साँझ ५ बजे बस्न लागेको हो। बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा विगत २० दिनदेखि शिक्षकहरूले काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदैछ । यदी माग सम्बोधन भए आन्दोलन टुंगिने सम्भावना पनि उत्तिकै रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे भने गृहकार्य भइसकेको छैन। सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ। अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको तीन…

Read More

बैकक । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छन्। बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग ९युएनस्केप० को ८१ औँ सत्रको अध्यक्षतापछि दिएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन्। एशिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास मूल विषय रहेको सो सत्रमा उनले भनिन्, ‘शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन्। तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ। त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गनुपर्छ।’…

Read More

सुनसरी । बैशाख ८ गते सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई जनाको खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको   छ । खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षिय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षिय जेनिश आचार्य बैशाख ८ गते बिहान साढे ८ बजे नुहाउने क्रममा सो नदिमा डुवेर बेपत्ता भएको बताईएको छ । घटना पछि उनीहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतरा बाट सुरक्षाफौज खटिएर खोजी गरिरहेकोमा फेला नपरेपछी  सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहितको…

Read More

काठमाडौं। थुनामुक्त गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)  का सभापति रवि लामिछानेको तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा पेशी तोकिएमा उक्त रिट हेर्न नमिल्नेमा राखिएको छ । हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिईन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन गराउन लामिछानेलाई प्रहरीले…

Read More

काठमाण्डौं । नेपाली बजारमा आज ९सोमबार० सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ थियो। यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । त्यसयता सुनको मूल्य सामान्य घटबढ भएकामा सोमबारसम्म आइपुग्दा हालसम्मकै उच्च बिन्दुमा पुगेको…

Read More

काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाईमा आन्दोलन गरीरहेका शिक्षकहरुले सोमवार पनि प्रदर्शन जारी राखेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । सोमवार पनि काठमाडौंको माईतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरुले आज पनि प्रदर्शन गरेका हुन् । शिक्षक आन्दोलनका कारण बिहानैदेखि बानेश्वर क्षेत्रमा यातायात सेवा प्रभाबीत बनेको छ । सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने पतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् । विगतमा सरकारले सम्झौता गर्ने…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाइ आज ( सोमबार )  हुँदैछ। गैरकानुनी रूपमा थुनामा राखिएको रविपत्नी निकिता पौडेल लामिछाने आइतबार ९हिजो० अदालत पुगेर निवेदन दर्ता गराएकी थिइन्। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको हो। रविले आफूलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको र थुना संविधानविपरीत भएको दाबी गरेका छन्। यसअघि थुनामा पठाउने उच्च अदालतको आदेश बेरितको भएको भन्दै अर्को निवेदन पनि सर्वोच्च अदालतमा दर्ता गरेका थिए। त्यो निवेदनमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ। रविले आफूलाई प्रचलित कानुनविपरीत थुनामा राखिएको र थुना संविधानविपरीत भएको दाबी गरेका छन्।…

Read More

बिराटनगर । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र )  का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र रहेको गुटबन्दी हटाउन नेता–कार्यकर्ता एकजुट हुनुपर्ने बताएका छन्। माओवादी केन्द्र विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनको उद्‌घाटन गर्दै उनले एकताबद्ध भएर लागेकै कारण यस क्षेत्रमा भएको उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजय हासिल भएको उल्लेख गरे। अध्यक्ष दाहालले माओवादीको १८ महिने शासनकालमा भ्रष्टाचारविरुद्धको अभियानले पार्टीप्रति ठूलो आशा जगाएको भन्दै पार्टीको सङ्कल्पअनुसार जनताले देख्ने, बुझ्ने गरी सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गर्नुपर्ने स्पष्ट पारेका छन्। उनले पार्टीले सञ्चालन गरेको हुलाकी सडक अभियानमा जनताको ठूलो उत्साह, सहभागिता र लहर आएकाले यसलाई सङ्गठनमा रूपान्तरण गरी आगामी निर्वाचनमा…

Read More

कालीकोट । कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता–२ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो। दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए। दुर्घटनामा मुगु खत्याड–५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का…

Read More

काठमाडौं । चैत १५ गते तिनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेकाराप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनले प्रदर्शनलाई उत्तेजक बनाउने भूमिका खेलेको कारण राज्यविरुद्धको कसुरमा म्याद थपी कानुनी कारबाही अगाडि बढाइएको थियो । तर स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए । उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको…

Read More