Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । हिजो उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेकोमा फुयाँलले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेशपछि चैत २२ गते उनलाई सोही रात पक्राउ गरी एक रात प्रहरी…
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । ‘परीक्षा हुन्छ । निर्भीक भएर तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध छ,’ परीक्षा नियन्त्रक शर्माले भने । शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले गत चैत २० गतेदेखि सडक आन्दोलन समेत गरिरहेका छन् । सरकार र महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि…
काठमाडौं । बिगत २१ दिनदेखि सडक आन्दोलन गरीरहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले मंगलबार पनि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म माइतीघर(बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न लागेका हुन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आन्दोलनलाई निर्णायक बनाउन अझ जोडबलसहित सहभागी हुन शिक्षकहरूलाई आह्वान गरेका छन्। उनले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेका छन्। आन्दोलनलाई परिणाममुखी बनाउन धैर्य, संयम र अनुशासन कायम राख्नुपर्ने उनले बताएका छन्। आन्दोलन समितिकी संयोजक नानुमाया पराजुलीले सरकारले आफूहरूको मागलाई गम्भीरतापूर्वक नलिएको भन्दै यसबाट उत्पन्न सबै परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने बताइन्।…
काठमाडौं। ब्राजिली लिजेन्ड रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग ( एनएसएल ) हेर्न उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन्। एनएसएलको आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट कम्पनीले उनलाई नेपाल भित्र्याएको हो। उनी धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्न मैदानमा पुग्नेछन् । ५१ वर्षीय कार्लोसले ब्राजिलले सन् २००२ को फिफा विश्वकपको उपाधि जित्दा टिमका महत्त्वपूर्ण सदस्य थिए । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए । उनी यसअघि नै नेपाल आउने कार्यतालिका थियो। तर, आकस्मिक बिरामीका कारण कार्लोस पूर्वनिर्धारित समयभन्दा केही ढिला गरेर नेपाल आइपुगेका हुन्।
काठमाडौँ । मंगलबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्भन लागेको हो । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए । शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर शिक्षकहरू आन्दोलनरत छन् । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् । यसैबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक(पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् । यही वैशाख ११ गतेदेखि…
रुपन्देही । सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका( २ अर्दौली स्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शब सशस्त्र प्रहरी वलको गोताखोरले मंगलबार बिहान निकालेको छ । सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनिहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल न. ४२ रिजर्भ गण बांके बाट गोताखोर परिचालन गरिएको थियो । सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइरालाको कमाण्डमा खटिएको गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले मंगलबार बिहान बेपत्ता भएकै…
काठमाडौँ, । चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना गर्यो । दुई छिमेकी नेपाल–चीनबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव र चीनमा नेपाल भ्रमण वर्ष २०२५ का अवसर पारेर चीनमा नेपालको पाककला सम्पदाको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको दूतावासले जनाएको छ । सो क्रममा परराष्ट्रमन्त्री डा। आरजु राणाले भिडियो सन्देशमार्फत नेपालको जीवन्त र विविध पाककला सम्पदाबारे चर्चा गर्दै विश्वभरका मानिसलाई नेपाली खाद्य संस्कृतिको प्रत्यक्ष अनुभव लिन नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो । चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले विश्वका अन्य क्षेत्रभन्दा अद्वितीय र प्रामाणिक मानिने नेपाली खानाको समृद्धिबारे वर्णन गर्नुभयो ।…
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्री तथा सचिवलाई निर्देशन दिनुभएको हो । बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उहाँले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उहाँले बताउनुभयो । जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उहाँले सचिवलाई मुख्यमन्त्री…
काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०र१३३र३३ केभी तुम्लिङटार सबस्टेसन, २२०र३३ केभी बानेश्वर सबस्टेसन र २२०र१३३र३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उहाँले सोही दिन भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन दुई…
काठमाडौँ । नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) स्थापनाको ७६ औँ वर्षगाँठ विविध कार्यक्रम गरेर मनाउँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना राखिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने एमालेको तयारी छ । कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्ने लालबहादुर विश्वकर्मा ९कञ्चनपुर०, रत्न शर्मा न्यौपाने ९मरणोपरान्त०, बाचस्पति देवकोटा ९गोरखा०, शान्ता मानवी ९काठमाडौँ०, सत्यनारायण मण्डल ९सप्तरी०, शोभाराम बस्नेत ९दाङ०, हरिचरण शिवाकोटी…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क