Author: ट्रान्सपेरेन्टखबर

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क [प्रोजेक्ट बैङ्क] मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौतीमा परेका छन् ।  जथाभावी आयोजना प्रविष्ट ( इन्ट्री )  गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय  योजना आयोगले पुरानो प्रोजेक्ट बैङ्कलाई नै निष्क्रिय तुल्याएको छ । आयोगका सदश्य डा. प्रकाशकुमार श्रेष्ठले बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा पुरानो प्रोजेक्ट बैंकलाई पूर्ण रूपमा बन्द गरेर नयाँ प्राजेक्ट बैङ्क तयार पारिएको बताउनुभयो । यद्यपि, पुरानो प्रोजेक्ट बैङ्कलाई ‘ब्याकअप’ का रूपमा राखेर राम्रा आयोजनालाई नयाँ प्रोजेक्ट बैङ्कमा सारिएको उहाँको भनाइ छ ।  “आयोजना…

Read More

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टचार भेट गर्नुभएको छ। मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति कार्यालयमा बुधबार भेट गर्नुभएको हो। भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गर्नुभयो। उहाँले विश्व मञ्चहरुमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र  नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकको रूपमा जलवायु परिवर्तनको प्रतिकूल…

Read More

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ । गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ । “तपाईंहरूका  जायज  माग हरू पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।”, सिजपका महासचिव तिलोत्तम पौडेलले भन्नुुभयो, “शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक  विकल्प खोज्नुहोस्…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत् र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा छलफल भएको छ । पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उहाँहरूबिच छलफल भएको थियो । भारतीयमन्त्री खट्टरले अरुण–३ जलविद्युत् आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराउनुभयो । उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री खट्टरले बताउनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र…

Read More

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका उनिहरुलाई यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिबिधी गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईं समेतलाई राज्य बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका छन् । राज्य विरुद्धको…

Read More

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि ९बिहीबार० शपथ गराउने कार्यक्रम तय भएको छ । शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् । गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् । यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

Read More

काठमाडौं । सरकारले गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको परिवारलाई १०(१० लाख राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी गराए । ‘सविन महर्जन तथा सुरेज रजकको नजिकको हकदारलाई प्रति परिवार १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

Read More

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

Read More

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उनले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गरे । “सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गरेका छन् । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भने ।गृहमन्त्रीले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र साधनस्रोत सम्पन्न सुरक्षा निकाय सदैव आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे…

Read More

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्नेबारे सरकारलाई जानकारी नै नरहेको बताएका छन् । आज ९बुधबार० मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कार्यालयमा उनले राजीनामा बुझाएको सरकारको जानकारीमा नरहेको बताएका हुन् । ‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको जानकारीमा छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ, क्याविनेटको मिटिङमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म हामीलाई उहाँले राजीनामा दिएको जानकारी छैन,’– उनले भने । शिक्षामन्त्री भट्टराईले भने गत सोमबार राजीनामा…

Read More