Author: ट्रान्सपेरेन्टखबर

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा स्टाफ कलेज कोर्सले प्रहरीमा असल नेतृत्व निर्माण र प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्ति बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्। आइतबार  काठमाण्डौंमा स्टाफ कलेज कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्टाफ कलेज कोर्सले नेपाल प्रहरीको नेतृत्व निर्माणमा असल भूमिका खेल्नेमा जोड दिए। “आज नेपाल प्रहरीका लागि महत्वपूर्ण र ऐतिहासिक दिन पनि हो । राष्ट्रको सेवामा सर्मपित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु” गृहमन्त्री लेखकले भने,“ यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादीछु । यो आजको भोलि नै हुने कुरा होइन पाँचरदश वर्ष कुर्नु पर्ने हुनसक्छ…

Read More

काठमाण्डौं । राष्ट्रियसभाका सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् । भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे । चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्न…

Read More

काठमाडौँ।  राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’  दिन नहुनेमा जोड दिनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताउनुभयो ।  नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले  केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै  अभिभावकलाई पनि सचेत हुन आग्रह गर्नुभयो । आकस्मिक समयमा जनता समाजवादी पार्टी…

Read More

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। ध्यानाकर्षणपत्रमा दलीय भागबण्डा नभई निष्पक्ष एवं पीडितले विश्वास गर्न सक्ने व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस हुनुपर्ने माग गरेका छन्। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ। प्रधानमन्त्री ओलीले…

Read More

काठमाडौं। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा गत वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

Read More

अष्ट्रेलिया । अष्ट्रेलियामा लेबर पार्टी पुनस् निर्वाचित भएको छ । अष्ट्रेलियाका स्थानीय सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानीजले दोस्रो पटक आम चुनाव जितेका हुन् । अष्ट्रेलियाको चुनावमा लेबर पार्टीका एन्थोनी अल्बानीजले भारी बहुमत हासिल गरेका छन् र उनी फेरि देशको प्रधानमन्त्री बन्नेछन् । देशभरि लिबरल(नेशनल गठबन्धनको लज्जास्पद हार व्यहोरेको छ । अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्यमान्यताको पक्षमा मतदान गरेका छन्, एन्थोनी अल्बानीजले भने। गठबन्धनका नेता पिटर डटन आफैंले आफ्नै सिटमा चुनाव हारेका छन् । उनले विगत २४ वर्षदेखि यो पद सम्हालेका थिए । उनले हारको पूर्ण जिम्मेवारी लिएका छन् । २१ वर्षमा पहिलो पटक कुनै नेता फेरि प्रधानमन्त्री बन्नेछन्। यसअघि २००४ मा…

Read More

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिए । उनका अनुसार, बाँध, सुरुङ, विद्युत्‌गृह र स्वीचार्डतर्फको सम्पूर्ण काम सकिएको छ । विद्युत्‌गृहमा टर्बाइनलगायतका मेसिन उपकरण जडान गरेर आवश्यक परीक्षण गरिसकिएको उनले बताए । आयोजनाबाट उत्पादन हुने विद्युत्‌लाई केन्द्रीय प्रसारणमा जोड्नका लागि आठ किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माणाधीन अवस्थामा छ । आगामी जेठ १ गते परीक्षण उत्पादन गर्ने लक्ष्यसहित प्रसारण लाइनको…

Read More

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२.१५ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् । त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० र भन्सार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् ( काम, कर्तव्य,…

Read More

नवलपरासी । हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय दुम्कीबासका ईन्सपेक्टर राजन तिमिल्सेनाले जानकारी दिए । गए रातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्णरूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत उनले आग्रह गरेका छन् । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस…

Read More