Author: Editor
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पर्सि ९आइतबार० सम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको सहमहामन्त्री डा। डिला संग्रौलाले जानकारी दिइन् । बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामापत्र प्रस्तुत भएको थियो । उक्त राजीनामाप्रति अधिकांश केन्द्रीय सदस्यहरूले असहमति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् । आजको बैठकमा बोल्ने क्रम नसकिएपछि अर्को बैठक पर्सी डाकिएको उनले जानकारी दिइन् । पर्सिको बैठकले राजीनामा स्वीकृति वा अस्वीकृत गर्ने पौडेलको भनाइ छ । आज कुनै निर्णय भएन । धारणा राख्ने सबैले राजीनामा स्वीकृत गर्नु हुँदैन भन्नुभएको…
काठमाडौं । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन् । विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, विशेषगरी काठमाडौं आउने रुटमा जोखिमपूर्ण बादल प्रणाली सक्रिय भएपछि धेरै विमान गन्तव्यमा अवतरण नगरी फर्काइएका वा डाइभर्ट गरिएका छन् । बस्नेतका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको एटीआर विमान जनकपुर फर्किएको छ भने झापाको चन्द्रगढीबाट आएको बुद्ध एयरको अर्को एटीआर विमान पनि अवतरण असम्भव भएपछि चन्द्रगढी नै फर्किएको छ । यस्तै, विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको अर्को विमान समेत पुनः विराटनगर नै फर्काइएको छ भने यति एयरलायन्सको विराटनगर(काठमाडौं उडान पनि…
काठमाडौँ । मौसम बदलीसँगै पश्चिम नेपालबाट सुरु भएको वर्षा अहिले पूर्व सर्ने क्रममा मध्येक्षेत्र आइपुगेको छ। अहिले काठमाडौँ लगायतका धेरै जिलामा असिना सहितको पानी परेको छ। सुदुरपश्चिममा केही कम भएर गण्डकी, लुम्बिनी, कर्णाली र बागमती प्रदेशका जिल्लाहरूमा वर्षा भइरहेको छ। विस्तारै पूर्व सरिरहेको र राति कोशी र मधेश प्रदेशमा पनि वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ। तराइमा बढी हावाहुरी चल्ने छ भने केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना रहेको छ। रातीबाट वर्षा केही बढ्ने अनुमान गरिएको छ। अचानक मौसम परिवर्तन भएसँगै केही समयका लागि सवारी आवागमन प्रभावित भएको थियो भने पैदल यात्रुहरूलाई पनि समस्या भएको देखिएको छ। काठमाडौंका विभिन्न…
काठमाण्डौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद ( ईद–उल–फित्र 0 का अवसरमा चैत ७ गते शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचनाबमोजिम मुस्लिम आयोगबाट प्राप्त जानकारीका आधारमा उक्त दिन ईद पर्व परेको पुष्टि भएपछि बिदा दिने व्यवस्था गरिएको हो। मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरिएको छ। यसअघि राजपत्रमार्फत ईद(उल(फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाउँदै सोहीअनुसार बिदा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ। विज्ञप्तिअनुसार बिदा चैत ७ गतेका दिन देशभर…
काठमाडौँ । सहकारीमा फसेको आफ्नो बचत रकम फिर्ताको माग गर्दै पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । सहकारी पितिहरुको संजालको अगुवाइमा उनीहरूले सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन शुरु गरेका हुन्। विगत ४५ महिनादेखि निरन्तर सडक आन्दोलनमा रहेका पीडितहरूले सरकारसँग पटक(पटक सम्झौता भएपनि हालसम्म न्याय नपाएको गुनासो गरेका छन्। सरकारले गरेका सम्झौता कागजमै सीमित भएको र आफूहरूको बिचल्ली भएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । उनीहरूले रास्वपाको वाचापत्रमा उल्लेख ‘१०० दिने प्रक्रिया हामीले पनि सम्झिएका छौँ, आफ्ना छोप्ने, पराइ मात्रै हेप्ने प्रवृत्ति नदोहोरियोस्, अपराध अनुसार सञ्चालकको प्रवृत्ति अनुसार दण्ड गर्ने विधान बनोस्, ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता,…
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू सिनियर नेता भएकाले दलको नेताका लागि स्वतः दाबी हुने बताए। उनले भने, ‘म सबभन्दा सिनियर पनि हुँ। सबभन्दा संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलोठूलो योगदान गरेको छु। २०४७ सालपछिको संसद्मा कांग्रेसको सिंगै धान्दिने मध्ये म पनि हुँ।’ उनले आफ्नो योगदान भुलेर गगनको ससुरा भनेर प्रचार गरिएकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘म गगन थापाको ससुरा भएर अर्जुन नरसिंह भा होरु तपाईँहरू नै लेख्नुहुन्छ। मैले सङ्घर्ष गरेर आएँ, २०१८ साल वैशाख ७ गतेबाट जेल जीवन यात्रा सुरु गरेर…
रूपन्देही। बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका लुम्बिनी प्रदेशका दाङ र बाँकेसहित विभिन्न जिल्लामा ठूलो हुरीसहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो । अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ । यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सतर्कत अपनाउन आग्रह गरिएको छ ।बाँकेका केही स्थानीय तहले भने आज बिदा दिएका छन् । अहिले सबै अन्धकारजस्तै भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशको रुपन्देही लगायत दाङ, बाँके, कपिलवस्तु लगायतका जिल्लामा हावाहुरी…
काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि दुई प्रस्ताव पेस भएका छन् । बैठकको अध्यक्षता गरिरहेका उपसभापति विश्वप्रकाश शमाले दुई प्रस्ताव पेस गरेका हुन् । सहमहामन्त्री उदय शमशेर राणाले फेसबुकमा राखेका बैठकमा छलफलका लागि पेस भएका दुई प्रस्ताव यस्ता छन् .
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेन(जी आन्दोलनका घाइतेको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेन(जी प्रदर्शनका घाइतेको वर्गीकरण सम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ । जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेन(जी घाइते परिचयपत्रसहित…
काठमाडौं । जनयुद्धकालीन मुद्धाहरुलाई सत्य निरुपण तथा मेतलमिलाप आयोग९टिआरसी०मार्फत हल गर्न प्रचण्डसहितका पुरान दलहरु चुकेको र त्यसको जिम्मा रबि–बानेलको काँदमा आएको वक्ताहरुले बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रममा वक्तहरुले रास्वपा नेतृतव सरकारका राम्रा कार्यमा साथ दिनेसमेत बताएका छन् । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विस्तृत शान्ति सम्झौतालाई तार्किक निकष्कर्षमा पुर्याउनुको सट्टा पुराना दलहरु शत्ता र शक्तिको खेलमै समय विताएको आरोप लगाएका छन् । भण्डारीले जनयुद्धको मुख्य नेतृत्व माओवादी र प्रचण्डनै गैर जिम्मेवार बन्दा आजको अवस्था आएको जिकिर गरेका छन् । जनयुद्ध हाँकेर आएको नेतृत्व गैरजिम्मेवार बन्दा दूई दशकमै देशमा ठूलो विद्रोह भएको र…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क