काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन्। १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको उम्मेदवारी दर्तामा उनले सभापति पदमा उम्मेदवारी दिएका हुन्। १३ र १४ औ महाधिबेशनमा काठमाण्डौ निर्वाचन क्षेत्र नं ६ का क्षेत्रिय सभापती रहेका खड्गीले सभापती पदमा उम्मेदवारी दिएका हुन् ।
खड्गी अमृत साईन्स क्याम्पसवाट नेबिसंघको राजनीति गर्दै पार्टीमा आवद्ध भएका हुन् । लामो समय शिशक्षण पेशामा रहेका खड्गी सिद्धार्थ बनस्थली ईन्स्टिच्यूटमा पढाउने गर्थे । गगन थापा पनि सोही बिद्यालयका विद्यार्थी हुन् । अझ स्पष्ट रुपमा भन्दा गगन थापा पढ्ने सिद्धार्थ बनस्थलीका शिक्षक खड्गीको सभापतीमा उम्मेदवारीले गुरु चेला आपसमा भिढडन्तको स्थिती आएको छ ।
खड्गीले सोमबार मात्रै सभापति पदमा उम्मेदवारीको घोषणा गरेका थिए। महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।
