काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा ३५ सदस्यीय टोली सहभागी हुने भएको छ । यसअघि ३४ जना तय भएकोमा आज एकजनाको नाम थपिएको हो । भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चारकर्मी छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि छन् ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।
लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि टोलीमा छिन् । भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका विभिन्न तहका अधिकारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य तथा सुरक्षाकर्मी पनि समेटिएका छन् ।
सरकारी सञ्चारमाध्यम गोरखापत्र, राष्ट्रिय समाचार समिति ९रासस० र नेपाल टेलिभिजनका प्रतिनिधि पनि टोलीमा सहभागी हुनेछन् ।
भ्रमण टोलीमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार दीपा दाहालसहित सञ्चार व्यवस्थापनमा संलग्न अधिकारीसमेत छन् ।
प्रधानमन्त्री शाहसँगै भारत जाने टोलीको सूची
1. बालेन्द्र शाह – प्रधानमन्त्री
2. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
3. शिशिर खनाल – परराष्ट्रमन्त्री
4. कुमार ब्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
5. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
6. विवेक मिश्र – प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
7. गोविन्दबहादुर कार्की – मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
8. अमृतबहादुर राई – सचिव, परराष्ट्र मन्त्रालय
9. रुद्रसिंह तामाङ – सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
10. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
11. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
12. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
13. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
14. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
15. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
16. लोकबहादुर पौडेल क्षेत्री – सहसचिव तथा प्रवक्ता, परराष्ट्र मन्त्रालय
17. अमृत लाम्साल – सहसचिव, अर्थ मन्त्रालय
18. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
19. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
20. दीपा दाहाल – प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
21. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
22. विजयराज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
23. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
24. दीपकराज निरौला – शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
25. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
26. लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट – प्रधानमन्त्रीका प्रमुख सैनिक सहयोगी (एडीसी)
27. मेजर सुशील बानियाँ – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
28. डीएसपी दिपेश बस्याल – प्रधानमन्त्रीका सुरक्षा अधिकारी
29. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार)
30. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
31. कमल कुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति (रासस)
32. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
33. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल, परराष्ट्र मन्त्रालय
34. मेजर रोशन केसी – प्रधानमन्त्रीका सैनिक सहयोगी (एडीसी)
35. मुकेश डंगोल – क्यानका महानिर्देशक
