काठमाडौं । मुग्लिन(नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुग्लिन(नारायणगण सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो ।
वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ । सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन(नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ ।
साथै सेती दोभानमा माथिबाट लेदो खसेका कारण सवारी आगमन अवरुद्ध बनेको छ । सोमबार साँझ साढे सात बजे यता निरन्तर ठूलो वर्षा भइरहेका कारण पहिरो हटाउन समस्या भइरहेको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
