काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणना सुरु हुन थालेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार खुलातर्फको मतगणनाका लागि मतपेटिका खोल्न थालिएको छ।
यसअघि विभिन्न समूह र क्लस्टरतर्फको मतगणना भइरहेको थियो। अब खुला केन्द्रीय सदस्यको मतगणना सुरु हुन लागेको हो।
