काठमाडौँ । १५ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएका छन्। शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत पाए।
मतगणना सकिएको जानकारी गराएको भए पनि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ।
