काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले पाँचौँ पटक अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेलको तीन दिनको म्याद थप गरेको हो।
उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।
