नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना आज (सोमबार) बिहान ८ बजेदेखि हुने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ।
समितिले आइतवार जारी गरेको सूचनामार्फत सम्बन्धित सबै उम्मेदवारलाई मतगणनाबारे जानकारी गराएको हो। केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टा प्रतिनिधि पठाउन पाउने छैनन्। कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मतगणना शुक्रवार राति ९ बजेदेखि सुरु भएको थियो।
