काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा 0 का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बुधबार हुने भएको छ। बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन असार ७ गते भएर १२ गतेसम्म चलेको थियो। उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनित हुनेछन्।
