काठमाडौं । नेकपा एमालेका सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रिहाई गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो’, उनले भने ।
गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बद्नाम गर्ने उदेश्यले प्रेरित भएको उनको भनाइ छ ।
