काठमाडौं । प्रतिनिधि सभाको बैठक शुक्रबार पनि बस्न सकेन। योसँगै प्रतिनिधिसभा बैठक सूचना टाँसेरमात्रै तीन पटक स्थगित भइसकेको छ। असार ५ गते बसेर स्थगित भएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशनका कारण पटक(पटक सर्दै आएको छ। हिजो बिहीबारका लागि बस्ने भनिएको बैठक सूचना टाँसेर आज शुक्रबारका लागि बोलाइएको थियो ।
गत आइतबारदेखि मंगलबार ९असार ७ देखि ९ गतेसम्म०का लागि रास्वपाको महाधिवेशन भएकाले सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबारसम्मका लागि स्थगित गरेका थिए। तर रास्वपाको महाधिवेशन नसकिएपछि शुक्रबार दिउँसो एक बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो। शुक्रबार बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै शनिबारका लागि सारियो।
संघीय संसद् सचिवालयले शनिबारका लागि बैठक बोलाए पनि केहीबेर पछि नै अर्को सूचना निकालेर बैठक आइतबारसम्मका लागि स्थगित गर्यो । नयाँ तालिका अनुसार अब प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्नेछ। रास्वपाको महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान भइरहेकाले महाधिवेशन सकिने सम्भावनाका बीच आइतबारका लागि बैठक बोलाइएको संसद् सचिवालयका एक कर्मचारीले बताए।
