काठमाण्डौं । प्रतिनिधि सभाको आज ९मंगलबार०को बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ।
बैठक सुरु हुनेबित्तिकै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।
उक्त दलले हिजोको बैठकमा पनि यसैगरी विरोध प्रदर्शन गरेको थियो। प्रतिनिधिसभाको बैठक अहिले जारी रहेको छ ।
