काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसद कृष्णकुमार कार्कीको विवादित प्रकरण सदन प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाकी सांसद पार्वती विकले सो विषय सदनमा उठाइन्। सांसद कार्कीमाथि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ।
त्यसबारे उनले भनिन्, ‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ। यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के होरु हाम्रो राष्ट्रियताको विषयरु उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन्रु’
उनले सो प्रकरणको यथार्थ के होरु सदनलाई जानकारी गराउन माग गरिन्। उनले घटना सत्य भए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताइन्।
