काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिले दिउँसो साढे २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिरहेको भएता पनि अझै मतदान शुरु हुन सकेको छैन ।
मतदान सुरु गर्ने विषयमा निर्वाचन समितिले पदाधिकारीसहितका उम्मेदवारहरूसँग छलफल गरेर समय निर्धारण गरेको हो । मतदान सुरु गर्ने विषयमा राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति र महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारसँग समितिले छलफल गरेको थियो ।
निर्वाचन समितिले यसअघि आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने जनाएको थियो । तर तयारी नपुगेको भन्दै मतदान समय दिउँसो १ बजेसम्मका लागि सारिएको थियो । अहिले फेरि समय लम्ब्याएर मतदान सुरु गर्ने समय दिउँसो साढे २ बजे पुर्याएको थियो। मतदान गर्ने समय पटक–पटक सरिरहँदा प्रतिनिधिहरू भने मतदानका लागि प्रतीक्षामा बसिरहेका देखिन्छन् ।
