काठमाडौँ । नेकपा ९एमाले० संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइको प्रक्रियामा निकै हतारो गरिएको बताएकी छन्। प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय सुनुवाई फास्ट ट्र्याकमा गर्न खोजिएपछि विपक्षी दलले विमति जनाएका छन् । उनीहरुले परम्पराविपरित कार्ययोजना र उजुरी अध्ययन समेत नगरी बहुमतबाट अनुमोदन गर्ने नियत सत्तपाक्षको देखिएको भन्दै विमति जनाएका हुन् ।
मंगलबार बसेको सुनुवाइ विशेष समितिको बैठकमा विपक्षी दलका सदस्यहरुले समय माग गरेका छन् । एमाले संसदीय दलको उपनेता समेत रहेकी सुनुवाई समितिकी सदस्य पद्मा अर्यालले उजुरी अध्ययनसमेत नगरी हतार हतार सुनुवाइ गर्न खोजिएकोमा असहमति जनाएकी छन् । बैठकमा नेकपाका नेता वर्षमान पुनले निर्णय पहिले नै थाहा भएकाले प्रक्रिया पूरा गरेर जान सुझाव दिए । उनले अध्ययन गर्न समय लिन सुझाव दिए । यद्यपि सरकार र सत्तापक्षको नियत प्रष्ट रहेकाले त्यसमा आफूहरु बाधक नरहेको बताए ।
उनले एकै दिनमा नीति कार्यक्रम सकिएको प्रसंग निकाल्दै ६ वर्ष प्रधानन्यायाधीशले गर्ने कामको कार्ययोजना पनि हेर्नुपर्ने बताए । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले पर्याप्त अध्ययन र उजुरीकर्तासँगको छलफलबिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राखिन्। अर्यालले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समय नै नदिइ आजै सबै कुरा टुङ्ग्याउन खोज्नु रहस्यमय भएको बताइन्।
