काठमाडौँ । आज बिहान ८ बजेदेखि सुरु भएको संसदीय समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीशबारे सुनुवाइ सुरु भएको छ ।
प्रस्तावित प्रधान न्यायाधीश डा। मनोज कुमार शर्मामाथि परेका उजुरीमा छलफल हुने कार्यसूचीसहित संसदीय सुनुवाइ समितिको बैठक डाकिएको हो ।
समितिले यसअघि वैशाख २५ गते शर्मामाथि उजुरी आह्वान गर्दै १० दिनको समय दिएको थियो । समयसीमामा शर्माबारे १६ वटा उजुरी परेका छन् ।
