काठमाण्डौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० मा छलफल जारी रहने सम्भावित कार्यसूची छ। सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो।
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गेका थिए। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा वाग्लेले जवाफ दिने जनाइएको छ।
यसैगरी राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३ः१५ बजे बस्दैछ।
