काठमाण्डौं । संसदमा प्रधानमन्त्रीको खोजी भइरहेको बेला सडकमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन् । मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्ति देखाएको भन्दै विरोध जनाएका हुन् ।
युवाहरूले प्रधानमन्त्रीज्यू तपाईँको मूल्य कति हो ? मलाई बोल्न दे सरकार , बोल माया एक बचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री बालेनले आफ्नोतर्फबाट उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका हुन् । सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्ष सहमत नभएपछि भोलि बिहान ११ बजेसम्मलाई बैठक स्थगित गरे । उनले सदन सञ्चालनको लागि प्रधानमन्त्रीसँग आफैँ संवाद गर्ने जनाएको छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गर्दा सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने र उठेको प्रश्नको जवाफ दिनुपर्ने अडान विपक्षीले राखेका छन् । प्रधानमन्त्री बालेनले आफ्नोतर्फबाट उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अघि सारेपछि विपक्षीले आपत्ति जनाएका हुन् । सभामुख डीपी अर्यालले पटक पटक आग्रह गर्दा पनि विपक्ष सहमत नभएपछि भोलि बिहान ११ बजेसम्मलाई बैठक स्थगित गरे । उनले सदन सञ्चालनका लागि प्रधानमन्त्रीसँग आफै संवाद गर्ने जनाएको छन् ।
