काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् । उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी ( आजपा ) का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे ।
बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेशको विकास तथा प्राथमिक योजनाबारे छलफल भएको बताइएको छ। दुवै पक्षले जनादेशअनुसार सहकार्य गरेर विकास अघि बढाउने सहमति जनाएका छन्।
त्यसैगरी, प्रभु साहसँगको भेटमा पनि मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने विषयमा सहमति भएको छ। भेटमा सरकार सबैको हितमा काम गर्ने र पारस्परिक सहयोगमार्फत विकास अघि बढाउने विषयमा जोड दिइएको थियो। साहले सरकारका कामप्रति समर्थन रहने तर आवश्यक परे खबरदारी पनि गर्ने बताएका छन्।
