विराटनगर । माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रूपमा घोषणा गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्यतर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले तोकिएको समयमा अन्यतर्फ एकजनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुई(दुईजनाको उम्मेदवारी परेको जानकारी दिए ।
