काठमाण्डौं । सभामुख डोलप्रसाद ( डीपी ) अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन्।
मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबारमा उनीहरू बिच भेट भएको हो। भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
