काठमाडौं। इमरान शेख, लोकेश बम र आन्द्रे रसेलको अर्धशतकसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल०मा जनकपुर बोल्ट्सलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।
विराटनगरका इमरानले सर्वाधिक ५६ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। लोकेशले ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन जोडे। दोस्रो विकेटका लागि इमरान र लोकेशले १०७ रनको महत्त्वपूर्ण साझेदारी गरे। यो साझेदारीले सुरुआती दबाबबाट उकास्दै विराटनगरलाई बलियो अवस्थामा पुर्याएको थियो। लोकेश १७।६ ओभरमा ५० रन बनाएर आउट भए।
त्यसपछि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर बढाए। उनले २३ बलमा २ चौका र ३ छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जनेले ४ बलमा एक चौकासहित अविजित ७ रन जोडे। विराटनगरले सुरुआत भने राम्रो गर्न सकेन। शहजान जयसूर्या ३ बलमा १ रन बनाएर आउट भए। उनलाई मोइन अलीले अनिल साहबाट स्टम्पिङ गराए।जनकपुरका अभिषेक तिवारीले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए। मोइन अलीले १ विकेट हात पारे।
