काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम सोनालले विश्वासको मत लिनका लागि व्यवस्था मिलाइ दिन प्रदेशसभा सचिवालयलाई पत्र पठाइसकेका छन् । आज (बुधबार) पत्र पठाएपछि प्रदेशसभा सचिवालयले कात्तिक २२ गते शनिबार दिनको १ बजे प्रदेशसभाको वैठक अह्वान गरेको छ ।
मधेश प्रदेशको सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) लाई सत्ताबाट अलग गराउँदै मधेशमा सोनाल मुख्यमन्त्री नियुक्त भएका थिए । सोनाललाई लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतका दलहरुको समर्थन रहेको छ ।
