काठमाण्डौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी देवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् ।
संघीय संसद सचिवालयले तोकेको समयभित्र नेपाली कांग्रेसकी सांसद न्यौपानेले मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । राज्य व्यवस्था समिति कांग्रेसको भागमा परेको समिति हो ।
न्यौपानेले आजै संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । कुलिङ अफ पिरियडमा भएको त्रुटिमा संसदीय छानबिन समितिले नैतिकरुपमा दोषी देखाएपछि तत्कालिन सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए । न्यौपानेको मनोनयनमा खतिवडा आफैं प्रस्तावक बसेका छन् ।