काठमाडौं । तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ । श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन्। पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ ।
यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ । मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो ।
अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ। विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो।