काठमाण्डौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो सिजनको उद्घाटन भएको छ । प्रधानमन्त्री बालेन शाहले तेस्रो सिजनको उद्घाटन गरेका हुन् । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल भईरहेको छ । नेपाल प्रिमियर लिग ९एनपीएल० को खेल अवलोकन गर्न प्रधानमन्त्री बालेन शाह कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका छन्।
कीर्तिपुर मैदानमा जारी खेल हेर्न र खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री शाह मैदान प्रवेश गरेका थिए । उनको आगमनसँगै मैदानमा उपस्थित दर्शकहरूले चर्को हुटिङ र ताली बजाएर स्वागत गरेका थिए। दर्शकहरूको बाक्लो उपस्थितिका बीच प्रधानमन्त्री शाहले भीआईपी प्यारापिटबाट खेलको अवलोकन गरिरहेका छन्। मैदानमा खेलप्रेमी दर्शक तथा विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको छ।

