काठमाडौं । सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कहिँ पनि नखटाएको दाबी गरेको छ । रक्षा मन्त्रालयको तर्फबाट विनियोजित बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो दाबी गरेका हुन् ।
साथै, उनले सुकुमवासीहरूलाई स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय गरेर सुरक्षा प्रबन्ध र सहजीकरण गरेको पनि बताए । मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशन बमोजिम मुलुकको सबै भूभागमा आवश्यकता अनुसार नेपाली सेना लगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने बताए।
यस्ता छ वाग्लेको प्रष्टिकरण–
नेपाल सरकारले नेपाली सेनालाई सुकुमवासी बस्तीमा डोजर लगाइ बस्ती हटाउने कार्यमा कुनैपनि स्थानमा खटाएको थिएन । जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको व्यहोरा जानकारी गराउन चाहन्छु ।
