भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा ११ः३० बजेबाट सुरु हुनेछ। शनिबार नेताहरूको बोल्ने क्रम नसकिएपछि आइतबार पनि बैठक राखिएको होे।
आजको बैठकमा अध्यक्ष ओलीले उठेका प्रश्नको जवाफ दिने बताइएको छ। यसअघि शुक्रबार बसेको बैठकमा पाँच उपाध्यक्षहरू ९पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण बिष्ट, र रघुजी पन्त० ले समीक्षात्मक धारणा प्रस्तुत गरेका थिए।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए। उनीहरुले पार्टीको पुनर्गठन आवश्यक रहेको भन्दै ओलीलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए।
