काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाबाट भ्रमणको निम्तो प्राप्त भएको छ। भारत भ्रमणमा रहेका अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले मोदीलाई राष्ट्रपति ट्रम्पका तर्फबाट आफ्नो देश भ्रमणका निमन्त्रणा गरेका हुन्।
भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशमन्त्री मार्को रुबियोले राष्ट्रपति ट्रम्पका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीलाई ह्वाइट हाउस ९अमेरिकाको राष्ट्रपति कार्यालय० आउन आधिकारिक निमन्त्रणा दिएका छन्।’ उनका अनुसार अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गरेका हुन्।
सामाजिक सञ्जालमा सर्जियो गोरले लेखेका छन्, ‘विदेशमन्त्री मार्को रुबियोका साथ प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सामेल हुन पाउँदा निकै खुसी लाग्यो।’ उनले अगाडि लेखेका छन्, ‘हामीले सुरक्षा, व्यापार र त्महत्वपूर्ण प्रविधिका क्षेत्रमा भारत(अमेरिका सहयोग अझ बलियो बनाउने विषयमा छलफल गर्यौँ। भारत संयुक्त राज्य अमेरिकाका लागि धेरै महत्त्वपूर्ण साझेदार हो।’
