काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले अखिल नेपाल फुटबल संघ ९एन्फा० नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ । एन्फा महासचिव सहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो ।
एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गरे । ‘फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा बताउनेछौं । निलम्बन फुकुवापछि महिला टोली साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ’ शाहले भने ।
यसअघि राखेपले पटक–पटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को ( २ ) लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो ।
