काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले १० सांसदका संसदीय समिति हेरफेर गरेका छन् । बिहीबार सभामुख अर्यालले अधिवेशन प्रारम्भ भएपछि सहमतिको लागि प्रस्ताव गर्ने गरी हेरफेर गरेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् । सचिव राईले निकालेको विज्ञप्तिमा संसदीय सुनुवाइ समितिमा रञ्जु न्यौपानेको स्थानमा पुनमकुमारी अग्रवाल र चन्दनकुमार सिंहको स्थानमा दीपकराज बोहोरालाई ल्याइएको छ ।
राम लामालाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पुर्याइएको छ । गणेश कार्कीलाई राज्य व्यवस्था तथा सुशासन समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा, जगदीश खरेल ९ललितपुर० शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ल्याइएको छ । दीपकराज बोहरालाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा, बब्लु गुप्ता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा ल्याइएको छ ।
रहबर अन्सारी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा, हरि प्रसाद भुसाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा र चन्दनकुमार सिंह उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सरुवा गरिएको सचिव राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
