Author: ट्रान्सपेरेन्टखबर
काठमाडौँ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको प्रस्तावमा पुरानो समिति खारेज गरी नयाँ गठन गरिएको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नर मध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन ९बाफिया०को व्यवस्थाअनुसार यसअघि गत चैत ११…
काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन्। बस्नेत सिन्धुपाल्चोक – २ बाट निर्वाचित कांग्रेस सांसद हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसद पदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसद पद स्वतस् निलम्बन हुने व्यवस्था छ।
काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेतलाई मुद्दा दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
काठमाण्डौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो प्रवृत्ति बढ्दै गए हामी कहाँ पुग्छौँ भन्ने यसले गम्भीर सन्देश दिएको समेत उल्लेख गरे। ‘आज सबै मुख्य सञ्चारमाध्यमहरुमा आर्थिक बेरुजुको विषयहरु प्रमुख विषय बनेका छन्, यो कुरा यही रुपमा बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ भन्ने यसले सन्देश दिएको छ,’ गैरले भने, ‘आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेजुरु भएको छ।’ उनले थपे, ‘त्यसमा संघीय सरकार अन्तर्गत ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकार अन्तर्गत…
काठमाण्डौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि जाउँछ तर हाम्रो सरकार लजाउँदैन।’ राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे। ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ,’ उनले भने, ‘राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक सदस्य रहन सक्दैन। पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन। त्यो आफैँमा प्रमाण होइन।’ हरेक पदमा…
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जेठ १५ गते अनिवार्य बजेट ल्याउने प्रस्ताव फेरेर अर्को दिन राख्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै संविधान संशोधन गरेर बजेट ल्याउने दिन अर्को दिनमा राख्न भन्दै जेठ १५ गते गणतन्त्र दिवस मनाउनुपर्ने प्रस्ताव अघि सारे। उनले भने, ‘जेठ १५ गते गणतन्त्र दिवस हो। जेठ १५ गते अर्को कामकाजी दिवस हो बजेट ल्याउने, गणतन्त्र दिवस र बजेटको अन्तर्निहित अर्थ हेर्ने हो भने गणतन्त्रसँग तुलना गर्न मिल्दैन, धेरै माथि हुन्छ। १५ गते नै बजेट ल्याउने सरकारलाई बाध्यता संविधानमा लेखिएको भएर होला त्यसो भए संशोधन गरियोस् ।’संविधान संशोधन गर्ने दुई दलबीच सम्झौता पनि भएको…
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ। यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन्। अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो। उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या…
काठमाण्डौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे । सगरमाथा संवाद जेठ २ देखि ४ सम्म यहाँ हुँदै छ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । मन्त्रालयले महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्ययस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख गरेको छ । “पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो”, विज्ञप्तिमा उल्लेख…
काठमाण्डौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको छ। बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्ने कार्यसूची छ। त्यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/ ०८२ पेश गर्ने कार्यसूची छ। आजकै बैठकमा आर्थिक वर्षा २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( करप्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रबन्ध निर्देशक: बिजय प्रकाश मिश्र
प्रधान सम्पादक: जनक राज पण्डित
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क